AnonymousUser

Logout

सौर्य एयरको जहाज दुर्घटना: १५ जनाको मृत्यु, ४ को उद्धार

जहाजमा दुईजना चालक दलका सदस्य र अन्य १७ जना प्राविधिक तर्फका कर्मचारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

सौर्य एयरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।

पहिरोले देवीघाट–गल्छी सडक अवरुद्ध

देवीघाट–गल्छी सडकको दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ। 

इथियोपिया पहिरो: मृत्यु हुनेको संख्या २२९ पुग्यो

दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा आइतबार साँझ र सोमबार बिहान पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला छन्।

नुवाकोटमा अविरल वर्षापछिको पहिरोबाट ९ परिवार विस्थापित

सूर्यगढी गाँउपालिका–४ अर्चलेमा मंगलबार बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

एशिया कप : समूह चरणबाटै बाहिरियो नेपाल

एसीसी महिला एशिया कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि राति सवारी चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिकास्थित हिउँदे खोलानजिकै सडक भासिएपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

लागुऔषध सेवन गरी गाडी चलाउँदा दुर्घटना, चालक प्रहरीको नियन्त्रणमा

प्रहरीले लागुऔषध सेवन गरी लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ।

मनसुनी विपद्मा परी मृत्यु हुनेको संख्या १३३ पुग्यो, ७ जना बेपत्ता

बाढीका कारण १८४ घर डुबानमा परेका, २३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई/दुई विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।

पूर्वमन्त्री महतोले घुस दिएको घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन

समितिलाई समकक्षताको प्रमाणपत्र दिँदा भएका काम कारबाहीका सम्बन्धमा प्रतिनिधिसभा सदस्यबाट उठाइएको विषयमा आवश्यक छानबिन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।

सुनाैलो बाख्राको नस्ललाई शाही उपाधि

बेलायतका राजा चार्ल्स तृतीयले दुर्लभ सुनौलो रंगको बाख्राको नस्ललाई शाही उपाधि प्रदान गरेका हुन्। 

यातायात कार्यालय

यातायात कार्यालयमा सेवाग्राहीको घुइँचो

यातायात व्यवस्था विभागको सर्भर मंगलबारदेखि चल्न थालेको छ। यससँगै सर्भर डाउन भएर दुई दिनदेखि रोकिएको काम शुरू भएको छ। जसले यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको घुइँचो लागेको छ। विभागको सवारी चालक अनुमति पत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो। बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिलालगायत काम ठप्प भएका थिए।

मदन पुरस्कारको लागि छानिए ५ पुस्तक

मदन पुरस्कार गुठीले मंगलबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो।

कांग्रेसका लामा बागमतीको मुख्यमन्त्री नियुक्त, शपथ बुधबार

 बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त भएका छन्।

६ उद्योगमा विद्युत् जोड्ने प्राधिकरणको निर्णय

विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानी विवादका कारण ६ उद्योगमा काटिएको विद्युत् लाइन हालका लागि जोडिदिने भएको छ।

यौन दुर्व्यवहारको मुद्दा खेपेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ बुधबार

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारसँग सम्बन्धित विभिन्न चार वटा उजुरी परेका छन्।

७५ अंकले बढेर २५६३ को विन्दुमा पुग्यो नेप्से परिसूचक

मंगलबार १४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

जीर्ण बन्दै सुकुमबासीका लागि बनाएको अपार्टमेन्ट (तस्वीरहरू)

काठमाडौँका विभिन्न नदी–किनारमा बस्दै आएका सुकुमबासी परिवारलाई स्थानान्तरण गर्न भनी नागार्जुनमा बनाइएको अपार्टमे‍न्ट प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।

फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियारले खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।