AnonymousUser

Logout

बांग्लादेशबाट काठमाडौँ आइपुगेका विद्यार्थी भन्छन्– स्थिति असहज छ

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बांग्लादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सदनमा उपसभामुखको राजीनामा माग

सत्तापक्षका सांसदले उपसभामुखले पदीय मर्यादा विपरीत काम गरेको भन्दै राजीनामा दिएर छानबिनमा सघाउन माग गर्दा प्रतिपक्षी सांसदले उपसभामुखको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको बताएका छन्।

बोलिभियामा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु

बोलिभियामा हरेक वर्ष औसत एक हजार ४०० जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ। दुर्घटना मुख्यतया चालकको लापरबाही र पुराना सडकका कारण हुने गरेको छ।  

ललितपुर महानगरले सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो दमकल

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।

त्रिशूलीमा बेपत्ता बस र यात्रीको खोजीमा खटियो भारतीय टोली

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली आइतबार बिहानदेखि बस र तिनमा सवार यात्रीको खोजतलासमा जुटेको छ।

उदयपुरको त्रियुगा क्षेत्रमा बढे भाइरल ज्वरोका बिरामी

बिरामीको संख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। ५० शय्या क्षमताको अस्पतालमा दैनिक ३०० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। 

बाढीले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानी अभाव

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको थियो।

उपसभामुखको पत्रबारे रास्वपाले भन्यो– पदीय लेनदेनको हिसाब मिलाउन अनर्गल प्रचार गरियो

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति अध्यागमनको रेकर्डमा देश बाहिर गएको नदेखिएको र आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ।

बीपी कोइरालाको ४२औँ स्मृति दिवस मनाइँदै

२०१५ सालको आमनिर्वाचनपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे।

यस्तो रहनेछ आइतबारको मौसम

बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

नयाँ सडकमा पैदलमार्ग विस्तार विवादबारे महानगर– विगतमा पार्किङ गरिएजति पनि क्षेत्रफल ओगटिँदैन

महानगरले नयाँ सडकमा पैदलमार्ग बढाउँदा विगतमा सवारी पार्किङ गरिएजति पनि सडकको क्षेत्रफल नओगटिने तथा पैदलयात्रुको बढ्दो चापबाट हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न पैदलमार्ग विस्तार आवश्यक रहेको जनाएको छ।

सिमलताल दुर्घटना: फेला परेका २५ शवमध्ये १७ को सनाखत

चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये २५ शव फेला परेकोमा १७ को सनाखत भएको प्रहरीले जनाएको छ।

विपद्मा परी ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, १४३ जना घाइते

विपद्का घटनाबाट तीन हजार ७७९ घरपरिवार विस्थापित भएका छन्। 

माइक्रोसफ्टमा आएको समस्याबाट प्रभावित विश्वभरको हवाई सेवा लयमा फर्किँदै

साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपूर्ण सफ्टवेयर अद्यावधिक गर्दा विश्वव्यापी रूपमा देखिएको प्राविधिक समस्याका कारण बैंक तथा हवाई सेवा प्रभावित भएका थिए।

बांग्लादेशमा विद्यार्थीको प्रदर्शनपछि प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

विद्यार्थीको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय स्पेन र ब्राजिलको भ्रमण रद्द भएको छ।

तस्वीरमा ललितपुर ‘कोरा साइकल च्यालेन्ज’

आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित ललितपुरको पाटन दरबार क्षेत्रबाट कोरा साइकल प्रतिस्पर्धा (कोरा २०२४) शुरू भएको छ।

मनसुनी विपद्‍मा परी ज्यान गुमाएकाका परिवारलाई २ लाखका दरले राहत निकासा

मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई २ लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भएको छ।

ड्रागन फ्रुटबाट वर्षमा १६ लाख आम्दानी

अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन्। बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ।

चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’ सार्वजनिक

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका उपाध्यक्षसमेत रहेका डा. माबोको पुस्तकमा पूर्वी पहाडको जनजीवन, सामाजिक सद्भाव, मुन्धुम संस्कृति तथा समसामयिक विषयबारे १५ वटा कथा समावेश छन्।

२४ खर्ब ३४ अर्ब नाघ्यो सरकारी ऋण, वर्षमै थपियो १ खर्ब ३४ अर्ब 

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड पुगेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।