AnonymousUser

Logout

खोलिँदै भारतको धौलीगंगा बाँध, सतर्कता अपनाउन आग्रह

बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपा, जसपा र जनमतको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छन्।

राष्ट्रियसभाको बैठक स्थगनप्रति ४ दलको ध्यानाकर्षण

कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप

मन्त्रिपरिषद् बैठकले सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ।

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

नेपाल सरकारका मन्त्री उपस्थित नभएपछि बिहीबारको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ।

धार परिवर्तन गरी बस्तीमा पस्‍यो चौधर नदी

बाढीका कारण चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्।

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

बाढीपहिरोका कारण डुम्रे–बेँसीशहर–चामे, विराटनगर–इटहरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदालाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुने गरी सुझाव दिन आयोगले आग्रह गरेको छ।

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ– राष्ट्रियसभाको बैठक स्थगन भएको छ। बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो। बिहीबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् …

नेप्से परिसूचक २९.२१ अंकले बढ्यो, ७ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक २९.२१ अंकले उकालो लागेर २२०४.६१ को विन्दुमा पुगेको छ।

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ।

बन्द उद्योग खोल्ने बहस थालनीका लागि नाटक बनाएँ: टंक चौलागाईं

‘रास्वपा सभापति रवि लामिछानेले बिदेसिएकालाई फर्किएर आउन आग्रह गरिरहेका थिए, आएर मात्र के गर्ने त? दुईचार जनालाई रोजगार दिएर भएन। काम गर्ने ठाउँ थुप्रै भए त ‘फर्केर आऊ’ भन्नै पर्दैन, आफैँ आउँछन्।’

हेलिकप्टर पाइलटको आन्दोलन: नलिनचोकबाट उडान बन्द, क्यानले बनायो अध्ययन समिति

हेलिकप्टर पाइलटले उठाएका विषयहरूको अध्ययन गरी महानिर्देशक समक्ष आवश्यक राय सुझाव बुझाउन क्यानले उक्त समिति गठन गरेको हो।

बढी पहिरोले देशका विभिन्न भूभागमा क्षति, राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ।

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार एक लाख ४४ हजार ९०० निर्धारण भएको छ।

बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

बागलुङ नगरपालिका–७ तितौरेमा बुधबार राति पहिरोमा पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको छ।

कैलालीमा १ हजारभन्दा बढीमा डेंगीको संक्रमण, सतर्कता अपनाउन आग्रह

कैलालीमा गत वर्ष डेंगीबाट तीन जनाको मृत्यु भएको थियो। कैलाली डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ।

कोपा अमेरिकाको उपाधिका लागि कोलम्बिया र अर्जेन्टिना भिड्ने

दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिना क्यानडालाई हराउँदै फाइनल पुगिसकेको छ। 

यस्तो रहनेछ बिहीबारको मौसम

बागमती, गण्डकी, कोशी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

इंग्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा

जर्मनीको डर्टमन्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्लाई २-१ ले हराउँदै इंग्ल्यान्डले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ।