AnonymousUser

Logout

बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन्। उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६४ मत परेको हो।

बेतबाँसका सामग्री निर्माण गरेर आत्मनिर्भर बन्दै ललिता

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको, जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने ललिताको भनाइ छ।

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

भक्तपुरको दधिकोटमा खोला बस्ती पस्दा ३० घर डुबानमा

वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।

नेप्से परिसूचकमा ३५.५५ अंकको वृद्धि, १७ अर्बमाथिको कारोबार

मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा कायम भएको छ भने १७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

५ वर्षमा सक्ने भनिएको आयोजना ९ वर्षसम्म अलपत्र हुँदा १२ सय घरधुरी खानेपानीबाट वञ्चित

संघीय सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन्।

बेलायतमा छुरा आक्रमणबाट २ बालबालिकाको मृत्यु, ९ घाइते

उत्तरी इंग्ल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालक्षित छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

१ करोडभन्दा धेरै खर्च भएको लेखनाथ रंगशाला घाँसेमैदानमा परिणत

आठ वर्षअघि रंगशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय 'कभर्ड हल' पनि बजेट नहुँदा अलपत्र परेको छ।

भारतको केरलामा पहिरोः कम्तीमा ४० जनाको मृत्यु, दर्जनौँ मानिस पुरिएको आशंका

मंगलबार बिहान २–३ बजे पहिरो खसेको हो। वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने भएकाले यस्तो निर्णय गरेको हो।

पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ।

खिर खाएर साउन १५ मनाइँदै

असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।

पाकिस्तानमा ३० एकड जमिनका लागि साम्प्रदायिक हिंसा, ४३ जनाको मृत्यु

दुई गाउँमा बसोबास गर्ने गुलाब मिल्लीखेल र मिदगी कुल्ले आदिबासी जनजातिबीचको वर्षाैँ पुरानो जग्गा विवादले हिंसाको रूप लिएको हो।

कञ्चनजंघा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारेका थिए।

पेरिस ओलम्पिक: ब्याडमिन्टन खेलाडी प्रिन्स दोस्रो खेलमा पनि पराजित

विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। 

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

अहिले बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाउन सिफारिस

सरकारले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको छ।

जग्गा विवाद र आर्थिक प्रलोभनमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या आरोपमा उनकै घरमा सहयोगीका रूपमा काम गर्ने राम उजैन रायसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आगामी ३ दिन भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए।

विपद्मा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, ४७ जना बेपत्ता

जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी १४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्।