AnonymousUser

Logout

एशिया कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

समूह ‘ए’बाट भारत र पाकिस्तान तथा समूह ‘बी’बाट श्रीलंका र बांग्लादेश सेमिफाइनलमा पुगेका छन्।

देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण शुरू

शव पहिचानका लागि फिंगर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ।

द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर १ कामदारको मृत्यु, १ घाइते

मकवानपुरको बकैयामा काठमाडौँ–निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर एक कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो।

जहाज दुर्घटना

सौर्य एयरको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ। काठमाडौँबाट पोखरा उडानका क्रममा दुर्घटना भएको हो। जहाजमा चालक दलका दुईसहित १९ जना सवार थिए। \r\n\r\n

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

विद्युतीय माध्यामबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो विधेयक संसद्मा लगेको हो।

मानव अधिकार आयोगले भन्यो– विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नदिनू

विभिन्न अभियोगमा छानबिन प्रकृयामा रहेका एवं सामाजिक र नैतिकरूपमा विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्तिका लागि सिफारिस भएको विषयमा ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

संसदीय सुनुवाइमा निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको गोप्य सुनुवाइ

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो।

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गरेका छन्।

शेयरबजारमा दोहोरो अंकको गिरावट

पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर बढीरहेको शेयरबजार आज २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा झरेको छ।

रुसी सेनामा भर्ती भएका ३४ नेपालीको मृत्यु, ६ जना युक्रेनमा बन्धक

मृत्यु भएकाहरूको शव नेपाल झिकाउन अहिलेसम्म २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १ विदेशीसहित १८ जनाको मृत्यु

प्रहरीका अनुसार जहाजमा पाइलटसहित १९ जना सवार थिए। उनीहरू सबै एयरलाइन्सकै कर्मचारी हुन्।

सौर्य एयरको जहाज दुर्घटना: १५ जनाको मृत्यु, ४ को उद्धार

जहाजमा दुईजना चालक दलका सदस्य र अन्य १७ जना प्राविधिक तर्फका कर्मचारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

सौर्य एयरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।

पहिरोले देवीघाट–गल्छी सडक अवरुद्ध

देवीघाट–गल्छी सडकको दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ। 

इथियोपिया पहिरो: मृत्यु हुनेको संख्या २२९ पुग्यो

दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा आइतबार साँझ र सोमबार बिहान पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला छन्।

नुवाकोटमा अविरल वर्षापछिको पहिरोबाट ९ परिवार विस्थापित

सूर्यगढी गाँउपालिका–४ अर्चलेमा मंगलबार बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

एशिया कप : समूह चरणबाटै बाहिरियो नेपाल

एसीसी महिला एशिया कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।