प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो।
कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण काम सुस्त छ।
रघुगंगा गाउँपालिका–२ सिरुबारीस्थित सडकमा शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।
लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको नगरपालिकाले जनाएको छ।
बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका १८ वर्षीया सीता तामाङ, १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङलाई पहिरोले पुरेको हो।
जोशी ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गीतका कारण सबैभन्दा बढी छाएका थिए। २०१८ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीतपछि चलचित्र ‘हिजो–आज–भोलि’मा समेटिएको छ।
गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दुई जना उपचारका क्रममा भागेका छन् भने एक जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्का एकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
वर्ल्ड हेरिटेज कमिटीका २१ मध्ये भारतसहित १९ देशका प्रतिनिधिले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन्।
मौसमी समस्याका कारण केही उडान रद्द भएका छन् भने केही उडान अन्यत्र मोडिएको जनाइएको छ।
सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्रै परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ।
एक वर्षको अवधिमा काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ।
नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ।
वर्षाका कारण धोबीखोलामा आएको बाढीका कारण काठमाडौँ महानगरपालिका–१० र ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको छ।
आँधीपछि फिलिपिन्सको राजधानी वरपरका बाक्लो जनसंख्या भएका क्षेत्रमा वर्षाका कारण बाढी आएकाले सरकारी कामकाज र विद्यालयको पठनपाठन ठप्प भएको छ।
बुधबार प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४५ हजार निर्धारण भएको छ।
सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। पानी नपरेमा बिहीबार दिउँसोसम्ममा सडक सञ्चालन हुने सम्भावना छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ७७ उद्योगको अनुगमनपछि संकलन गरेको नमूनाबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएको हो।