AnonymousUser

Logout

संस्थागत शेयर कर्जाको सीमा हट्यो

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

गैँडाकोटमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

काठमाडौँको गेस्ट हाउसमा युवक–युवती मृत फेला

काठमाडौँको एक गेस्ट हाउसमा‍ शुक्रबार बाजुराका युवक र युवती मृत भेटिएका छन्।

लुम्बिनीका मन्त्रीहरूको तोकियो जिम्मेवारी, मुख्यमन्त्रीले आफैँसँग राखे ३ मन्त्रालय

आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले राखेका छन्।

हात्ती परिचालन गरी नियन्त्रणमा लिइयो बाघ

मान्छेलाई आक्रमण गरेपछि बाघ नियन्त्रणमा लिन पाँच वटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।

बयान फेरेको भन्दै सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान फेरेको भन्दै दुई जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

प्युठानमा ३ जनामा हैजा संक्रमण

प्युठानमा एकै परिवारका तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ।

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

हिन्दू धर्मावलम्बीको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तीर्थयात्री बाढीबाट प्रभावित भएका छन्।

फिलिपिन्सको चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन्। आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन।

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत उत्तीर्ण

नियमिततर्फका तीन लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन्।

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी घट्यो

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कर्णालीमा ३११ सहकारी, पुँजी १५ अर्ब

सहकारीको शेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख छ। सहकारीबाट एक हजार ५०० जनशक्तिले रोजगारी प्राप्त गरेका छन्।

नवलपरासी पूर्वमा ९३ प्रतिशत धान रोपाइँ

जिल्लाको १८ हजार ७१६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार ४०५ हेक्टरमा रोपाइँ सकिएको छ।

झापाको हल्दिबारीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु

हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, आइतबार भोटो देखाइने

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि शुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ। मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

पर्व

तानियो रातो मत्स्येन्द्रनाथको रथ

रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जाउलाखेल लगिएको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ। काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्राका रूपमा मानिने यो रथ जात्रा करिब १६ सय वर्षअघि शुरू भएको मानिन्छ। रातो मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

डडेलधुरामा वयस्क चितुवा मृत फेला

अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ। 

एमाले सचिवालय बैठक : उपाध्यक्षमा गुरु बराल मनोनीत, नेताहरूको जिम्मेवारी हेरफेर

एमालेको बिहीबारको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी दिएको छ।