AnonymousUser

Logout

एशिया कपमा नेपाल पाकिस्तानसँग पराजित

एसीसी महिला एशिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ।

लुम्बिनीमा सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचनले सोमबार साँझ साढे ६ बजेभित्र नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्। 

बांग्लादेशबाट काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी

उत्तरी बांग्ललादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन्।

मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म नौ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

बढ्दै आर्थिक अपराधका घटना, १ वर्षमा दर्ता भए १३ हजार २६३ बैंकिङ कसुरसम्बन्धी मुद्दा

प्रहरी प्रवक्ता दानबहादुर कार्की भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास, आर्थिक गतिविधि अत्यन्त चलायमानका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका बताउँछन्।

हावाबाट नौनी बनाउँदै अमेरिकी स्टार्टअप कम्पनी, बिल गेट्सको लगानी

डेरीको नौनी भन्दा यस नौनीमा निकै कम मात्रामा 'कार्बन फुटप्रिन्ट' हुने कम्पनीको दाबी छ।

प्रधानमन्त्री ओलीले पाए दुईतिहाइ सांसदबाट विश्वासको मत

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १८८ सांसदले मत दिएका छन् भने विपक्षमा ७४ मत परेको छ।

बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेशप्रमुख शर्माको आह्वान

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख शर्माले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएका हुन्।

बांग्लादेशमा हिंस्रक प्रदर्शन निम्त्याएको कोटा प्रणाली खारेज गर्न सर्वोच्च अदालतको आदेश

एक सय जना भन्दा धेरैको ज्यान जाने गरी भएको विरोध प्रदर्शनपछि सर्वोच्च अदालतले लगभग सबै सरकारी जागिर योग्यताको आधारमा दिनुपर्ने फैसला सुनाएको हो।

७३ जिल्लामा फैलियो डेंगी संक्रमण, उपत्यकामा २५५ जना संक्रमित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको छ।

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ‌ओलीको नियुक्त संविधान विपरीत भएको भन्दै परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

६१.६१ अंकले बढेको शेयर बजारमा १५ अर्ब माथिको कारोबार

आइतबार नेप्से परिसूचक २.५४ प्रतिशतले बढेर २४८५.९४ को विन्दुमा कायम भएको छ।

बांग्लादेशबाट काठमाडौँ आइपुगेका विद्यार्थी भन्छन्– स्थिति असहज छ

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बांग्लादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सदनमा उपसभामुखको राजीनामा माग

सत्तापक्षका सांसदले उपसभामुखले पदीय मर्यादा विपरीत काम गरेको भन्दै राजीनामा दिएर छानबिनमा सघाउन माग गर्दा प्रतिपक्षी सांसदले उपसभामुखको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको बताएका छन्।

बोलिभियामा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु

बोलिभियामा हरेक वर्ष औसत एक हजार ४०० जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ। दुर्घटना मुख्यतया चालकको लापरबाही र पुराना सडकका कारण हुने गरेको छ।  

ललितपुर महानगरले सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो दमकल

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।

त्रिशूलीमा बेपत्ता बस र यात्रीको खोजीमा खटियो भारतीय टोली

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली आइतबार बिहानदेखि बस र तिनमा सवार यात्रीको खोजतलासमा जुटेको छ।

उदयपुरको त्रियुगा क्षेत्रमा बढे भाइरल ज्वरोका बिरामी

बिरामीको संख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। ५० शय्या क्षमताको अस्पतालमा दैनिक ३०० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। 

बाढीले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानी अभाव

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको थियो।

उपसभामुखको पत्रबारे रास्वपाले भन्यो– पदीय लेनदेनको हिसाब मिलाउन अनर्गल प्रचार गरियो

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति अध्यागमनको रेकर्डमा देश बाहिर गएको नदेखिएको र आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ।