सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिकास्थित हिउँदे खोलानजिकै सडक भासिएपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीले लागुऔषध सेवन गरी लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ।
बाढीका कारण १८४ घर डुबानमा परेका, २३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई/दुई विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।
समितिलाई समकक्षताको प्रमाणपत्र दिँदा भएका काम कारबाहीका सम्बन्धमा प्रतिनिधिसभा सदस्यबाट उठाइएको विषयमा आवश्यक छानबिन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।
बेलायतका राजा चार्ल्स तृतीयले दुर्लभ सुनौलो रंगको बाख्राको नस्ललाई शाही उपाधि प्रदान गरेका हुन्।
यातायात कार्यालय
यातायात व्यवस्था विभागको सर्भर मंगलबारदेखि चल्न थालेको छ। यससँगै सर्भर डाउन भएर दुई दिनदेखि रोकिएको काम शुरू भएको छ। जसले यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको घुइँचो लागेको छ। विभागको सवारी चालक अनुमति पत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो। बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिलालगायत काम ठप्प भएका थिए।
मदन पुरस्कार गुठीले मंगलबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो।
बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त भएका छन्।
विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानी विवादका कारण ६ उद्योगमा काटिएको विद्युत् लाइन हालका लागि जोडिदिने भएको छ।
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारसँग सम्बन्धित विभिन्न चार वटा उजुरी परेका छन्।
मंगलबार १४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँका विभिन्न नदी–किनारमा बस्दै आएका सुकुमबासी परिवारलाई स्थानान्तरण गर्न भनी नागार्जुनमा बनाइएको अपार्टमेन्ट प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।
अख्तियारले खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुकादेखि हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो।
बागमतीमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले ६ मन्त्रालय लिने सहमति भएको जनाइएको छ।
प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइटमा ‘अपरेसन हन्टडाउन, विद्यार्थीको हत्या रोकौँ। अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा सन्देश जारी गरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको वस्तु आयात र १ खर्ब ५२ अर्ब ३८ करोडको निर्यात भएको छ।
दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएका जैमिनीका किसान सडक अवरुद्ध हुँदा समस्यामा परेका छन्।
मालेमा सोमबार राति भएको खेलमा किर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। नेपालले तेस्रो स्थानका लागि मालदिभ्सको सामना गर्नेछ।
भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी तथा खाद्यबाली बजारमा बिक्री नभएको किसानको गुनासो छ।