AnonymousUser

Logout

बीपी कोइरालाको ४२औँ स्मृति दिवस मनाइँदै

२०१५ सालको आमनिर्वाचनपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे।

यस्तो रहनेछ आइतबारको मौसम

बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

नयाँ सडकमा पैदलमार्ग विस्तार विवादबारे महानगर– विगतमा पार्किङ गरिएजति पनि क्षेत्रफल ओगटिँदैन

महानगरले नयाँ सडकमा पैदलमार्ग बढाउँदा विगतमा सवारी पार्किङ गरिएजति पनि सडकको क्षेत्रफल नओगटिने तथा पैदलयात्रुको बढ्दो चापबाट हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न पैदलमार्ग विस्तार आवश्यक रहेको जनाएको छ।

सिमलताल दुर्घटना: फेला परेका २५ शवमध्ये १७ को सनाखत

चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये २५ शव फेला परेकोमा १७ को सनाखत भएको प्रहरीले जनाएको छ।

विपद्मा परी ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, १४३ जना घाइते

विपद्का घटनाबाट तीन हजार ७७९ घरपरिवार विस्थापित भएका छन्। 

माइक्रोसफ्टमा आएको समस्याबाट प्रभावित विश्वभरको हवाई सेवा लयमा फर्किँदै

साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपूर्ण सफ्टवेयर अद्यावधिक गर्दा विश्वव्यापी रूपमा देखिएको प्राविधिक समस्याका कारण बैंक तथा हवाई सेवा प्रभावित भएका थिए।

बांग्लादेशमा विद्यार्थीको प्रदर्शनपछि प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

विद्यार्थीको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय स्पेन र ब्राजिलको भ्रमण रद्द भएको छ।

तस्वीरमा ललितपुर ‘कोरा साइकल च्यालेन्ज’

आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित ललितपुरको पाटन दरबार क्षेत्रबाट कोरा साइकल प्रतिस्पर्धा (कोरा २०२४) शुरू भएको छ।

मनसुनी विपद्‍मा परी ज्यान गुमाएकाका परिवारलाई २ लाखका दरले राहत निकासा

मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई २ लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भएको छ।

ड्रागन फ्रुटबाट वर्षमा १६ लाख आम्दानी

अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन्। बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ।

चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’ सार्वजनिक

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका उपाध्यक्षसमेत रहेका डा. माबोको पुस्तकमा पूर्वी पहाडको जनजीवन, सामाजिक सद्भाव, मुन्धुम संस्कृति तथा समसामयिक विषयबारे १५ वटा कथा समावेश छन्।

२४ खर्ब ३४ अर्ब नाघ्यो सरकारी ऋण, वर्षमै थपियो १ खर्ब ३४ अर्ब 

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड पुगेको छ।

सिमलताल दुर्घटनाका बेपत्ता यात्रु खोज्न आइपुग्यो भारतीय टोली

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली नेपाल आएको छ। टोलीले शनिबारदेखि नै काम थाल्ने छ।

पर्यटकको रोजाइमा कास्कीको कोरी पदयात्रा

सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदलयात्रा तय गर्न सकिन्छ।  

दक्षिण एशियाली कराँतेमा नेपाल ६२ पदकसहित टिम च्याम्पियन

३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरी कुल ६२ पदकसहित नेपाली टोली टिम च्याम्पियन बनेको हो ।

बांग्लादेशमा विद्यार्थी आन्दोलन थप चर्किँदै, सरकारका लागि गम्भीर चुनौती

विद्यार्थीहरूले विशिष्ट समूहका लागि अत्यधिक माग गरिने सार्वजनिक क्षेत्रको आधाभन्दा धेरै नोकरी आरक्षण गर्ने कोटा प्रणाली अन्त्यको माग गर्दै आन्दोलन शुरू गरेका थिए।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँको ढलमा भेटियो पोलियो जीवाणु

उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ।

एमालेले प्रधानमन्त्रीलाई बुझायो ३ वर्षभित्र सरकारले गर्नुपर्ने कामको सूची

उपमहासचिव ज्ञवालीका अनुसार पार्टी केन्द्रीय विभागबाट आएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१बुँदे सुझाव दिइएको छ।

नयाँ सडक क्षेत्रमा फुटपाथ विस्तारको विरोध (तस्वीरहरू)

काठमाडौँ महानगरपालिका–२२ स्थित नयाँ सडक क्षेत्रमा फुटपाथ विस्तारको विरोध जनाउँदै स्थानीयले नगरप्रमुख बालेन शाहको पुतला दहन गरेका छन्।