AnonymousUser

Logout

काठमाडौँ उपत्यकामा ३ वर्षयता घट्दो क्रममा सवारी दुर्घटना

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको छ।

स्मार्टफोन, हेडफोन र चार्जर किन्न बाहिरियो साढे ३१ अर्ब

गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार नेपालमा बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।

कालीगण्डकी करिडोर ४ दिनदेखि बन्द

कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ। सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण भेगका बासिन्दा पैदलै आवतजावत गर्न बाध्य भएका छन्।

झापाका पालिकाले तिरेनन् सडक बत्तीको महसुल

झापाका सबै पालिकालाई बारम्बार पत्राचार गरेर सडक बत्तीको बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि आलटाल गरेको अनारमनी वितरण केन्द्रले जनाएको छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

शुक्रबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए।

संखुवासभाको भोटखोलामा १ महिनादेखि यातायात अवरुद्ध

मकालु गाउँपालिका–३ इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सडक बन्द भएको छ।

चितवनमा फैलिँदै डेंगी,  ६४ जना संक्रमित

नेपालमा पहिलो पटक डेंगी सन् २००४ मा चितवनमा देखिएको थियो। घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो।

यी हुन् काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदामा सूचीकृत ७ सम्पदा  

विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्यमा पर्यटकको घुइँचो लाग्ने गरेको छ।

भारत र श्रीलंका महिला एशिया कपको फाइनलमा

श्रीलंका र भारतबीचको फाइनल खेल आइतबार हुनेछ। भारतले हालसम्म भएका ८ मध्ये ७ संस्करणको उपाधि जितेको छ।

यस्तो रहनेछ शनिबारको मौसम

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

भीमदत्तका दर्जन घर कटानको जोखिममा

भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन्। बाढीले कटान गरेर भ्वाङ परेको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ।

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरूले राजीनामा दिएको बताए।

५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जनाको उद्धार

भारतको जम्मु कश्मीरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ जनाको उद्धार गरिएको छ।

सौर्य विमान दुर्घटना: आफन्तलाई जिम्मा लगाउन थालियो शव

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवार तथा आफन्तलाई जिम्मा लगाउन थालिएको छ।

ओलम्पिक शुरू हुनु केही घण्टाअघि फ्रान्सको रेल नेटवर्कमा आगजनी

पेरिस ओलम्पिक उद्घाटनको केही घण्टाअघि फ्रान्समा उच्च गतिको रेल नेटवर्कलाई प्रभावित पार्ने गरी भएको आगजनीबाट यातायात प्रणाली अवरुद्ध भएको छ।

सौर्य विमान दुर्घटना: घाइते चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ मेडिकल कलेजले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी घाइते भएका चालक मनीषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको जनाएको छ।

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरै

घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण शुरू भएको ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा आवतजावतमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ।

मौद्रिक नीति: वैदेशिक रोजगारमा जानेलाई बिनाधितो कर्जा

युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याउन सहजीकरण गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ।

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम २० करोडको सीमा खारेज गर्ने मौद्रिक नीतिमा उल्लेख छ।

मौद्रिक नीति सार्वजनिक: बैंकदर र निक्षेप संकलनदर घटाइयो

ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको छ