मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रहरीले काठमाडौँ महानगरपालिका–७ कालोपुलबाट श्रीमान्को हत्या अभियोगमा श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ।
मौसम फेरबदल भइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेका सांसदको समर्थनमा आइतबार मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथलाई जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार आइतबार भोटो देखाइएको छ।
आइतबार दिउँसो ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
सिँचाइ अभाव, बसाइँसराइलगायत कारण बाझिएको जग्गामा लगाइएको ड्रागन फ्रुट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्य आम्दानी लिन थालेको कृषक कमल भुजेल बताउँछन्।
सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको छ।
प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ।
मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका एक्याप एकाइका प्रमुख ढकबहादुर भुजेलको भनाइ छ।
आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो।
फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे कडा चिन्ता व्यक्त गरिएको छ।
कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन्। जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना छ।
दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।
प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटेको बताए।
भोटो जात्रा शुरू भएको यकिन मिति अहिलेसम्म पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको हो।
दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बताएका छन्।