चीन, फ्रान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन्।
कोशी, मधेश, बागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर बांग्लादेश छाडेकी शेख हसिना भारत पुगेकी छन्।
सांसदले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।
काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलमा नेपालले इरानसँग खेल्नेछ।
बांग्लादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बांग्लादेशबीचको व्यापारमा समेत परेको छ।
बांग्लादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको सम्बोधनमा सेनाप्रमुख जमानले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका छन्।
सोमबार आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
सरकारविरोधी आन्दोलन चर्किँदै गएपछि बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन्।
बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुकाको चिलैया र गरैया क्षेत्रका किसानले लगाएको धानबाली पानी नपरेपछि सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशी बताउँछन्।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।
बेलायतका विभिन्न शहरहरूमा भएका हिंसात्मक विरोध प्रदर्शनमा १५० भन्दा धेरै व्यक्ति पक्राउ परिसकेका छन्।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो।
हालै बेइजिङ र मनिलाबीच दक्षिण चीन सागरमा तनाव बढेको छ। चीनले उक्त सागरको अधिकांश भूभागमा आफ्नो नियन्त्रण दाबी गर्दै आएको छ तर यस दाबीको कुनै कानूनी आधार छैन।
श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता बनाएको छ।
जोकोभिचको यो पहिलो ओलम्पिक उपाधि पनि हो। गत महिना भएको विम्बल्डन फाइनलमा अल्काराजले जोकोभिचलाई पराजित गर्दै उपाधि कब्जा गरेका थिए।
नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ।