अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी रहेको अनुसन्धानले देखाएको छ।
संसदीय सुनुवाइ समितिमै उनीविरुद्ध यौनहिंसा जस्तो गम्भीर आरोपसहितका उजुरी परेका थिए।
बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत १४५ विद्यार्थीहरूका लागि एक लाख ५० हजार रुपैयाँमा ‘ट्र्याकसुट’ वितरण र ३ लाख बराबरको यातायात व्यवस्था मिलाएको छ।
विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र सोही विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको छ।
हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरू नेपाल भित्रने गरेका छन्। उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।
२०२० मा ओहायोको चुनावी र्यालीमा ट्रम्पले भनेका थिए– 'बाइडेनलाई चुन्नु भनेको धर्मविहीन हुनु हो। बाइबललाई हानि गर्नु, परमेश्वरलाई हानि गर्नु हो। बाइडेन भगवान र बन्दुकको विरुद्धमा छन्।'
महानगरले यसअघि सिर्सिया नदीमा फोहोरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए।
मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो।
आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो।
अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यातायात व्यवसायीले प्रदेश सरकारसँग समस्या समाधानका लागि प्राविधिक समिति गठन गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।
उत्तरपश्चिमी पाकिस्तानमा जनजातिहरू बीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा ३५ जनाको मृत्यु भएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव कार्यसूचीबाट हटाइएको छ।
कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएपछि अध्ययन गर्न टोली खटाइएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए।
भारत राजस्थानका एक व्यक्तिले आफूलाई जिउँदो साबित गर्न भाैतिक आक्रमण नै गरे। प्रहरीले पक्राउ गरेपछि आफू जीवित भएको प्रमाणित हुने उनको विश्वास थियो।
विशेष अदालतले अन्तःशुल्क खरिदमा आर्थिक अनियमितता गरेको मुद्दामा प्रतिवादी बनाइएका निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।