AnonymousUser

Logout

१ करोडभन्दा धेरै खर्च भएको लेखनाथ रंगशाला घाँसेमैदानमा परिणत

आठ वर्षअघि रंगशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय 'कभर्ड हल' पनि बजेट नहुँदा अलपत्र परेको छ।

भारतको केरलामा पहिरोः कम्तीमा ४० जनाको मृत्यु, दर्जनौँ मानिस पुरिएको आशंका

मंगलबार बिहान २–३ बजे पहिरो खसेको हो। वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने भएकाले यस्तो निर्णय गरेको हो।

पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ।

खिर खाएर साउन १५ मनाइँदै

असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।

पाकिस्तानमा ३० एकड जमिनका लागि साम्प्रदायिक हिंसा, ४३ जनाको मृत्यु

दुई गाउँमा बसोबास गर्ने गुलाब मिल्लीखेल र मिदगी कुल्ले आदिबासी जनजातिबीचको वर्षाैँ पुरानो जग्गा विवादले हिंसाको रूप लिएको हो।

कञ्चनजंघा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारेका थिए।

पेरिस ओलम्पिक: ब्याडमिन्टन खेलाडी प्रिन्स दोस्रो खेलमा पनि पराजित

विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। 

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

अहिले बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाउन सिफारिस

सरकारले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको छ।

जग्गा विवाद र आर्थिक प्रलोभनमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या आरोपमा उनकै घरमा सहयोगीका रूपमा काम गर्ने राम उजैन रायसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आगामी ३ दिन भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए।

विपद्मा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, ४७ जना बेपत्ता

जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी १४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्।

संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्‍यो निर्वाचन आयुक्तमा प्रधानको नाम

संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्ताव गरी पठाएको सिफारिस संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरले बनायो समिति

पोखरा महानगरले सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

धार्चे पहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ४ को शव फेला

गोरखाको धार्चे गाउँपालिका–५ मा पहिरोमा परेर बेपत्ता भएका पाँच जनामध्ये चारको शव फेला परेको प्रहरीले जनाएको छ।

पेरिस ओलम्पिक : जुडो खेलाडी मनिता बाहिरिन

पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्। 

बढ्दो हवाई दुर्घटनालाई लिएर सांसदले उठाए नियामकको भूमिकामाथि प्रश्न

सांसद उदयशमशेर जबराले पछिल्लो ६ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए। 

शेयर बजारमा १९ अर्ब ६० करोडको कारोबार

सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको छ।

सहकारी ठगीमा फरार रहेकालाई सम्पर्कमा ल्याउन गृहमन्त्रीलाई छानबिन विशेष समिति निर्देशन

सभापति थापाका अनुसार सहकारी क्षेत्रको बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेकालाई संसदीय विशेष छानबिन समितिको सम्पर्कमा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिइएको हो।