AnonymousUser

Logout

४ जिल्लामा देखियो हैजा, सबैभन्दा धेरै संक्रमित ललितपुरमा 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली र प्युठानका ३० जनामा हैजा पुष्टि भएको छ।

मौसमजन्य विपद्मा परी मंगलबार ११ जनाको मृत्यु, ४ बेपत्ता

मनसुनजन्य विपद्का घटनामा परी मंगलबार देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।

‘सहकारीका बचतकर्ताले पैसा माग्दा सम्पत्ति शुद्धीकरणमा लिस्ट पठाइदिने धम्की दिएको पाइयो’

समिति सदस्य लेखनाथ दाहाल अहिलेसम्मको अध्ययनका क्रममा सहकारीका सञ्चालकले बचतकर्ताको ठूलो रकम बाहिर लगेको र त्यसलाई फिर्ता ल्याउने पर्याप्त कानूनी आधार नभेटिएको बताउँछन्।

नेपाल काभा भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काभा महिला नेसन्स लिग भलिबलको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ।

६ दिदीबहिनीको उमेरको योग ५७१ वर्ष, राखे विश्व कीर्तिमान

यी ६  दिदीबहिनीका एक मात्र दाइ हुन्, स्टेन्ली। उनको दुर्घटनामा मृत्यु नभएको भए अहिले १०२ वर्षका हुन्थे।

भारी वर्षाको सम्भावना रहेका ३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह

प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकाले भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको छ।

श्रीलंकालाई पराजित गर्दै भारत काभा भलिबलको फाइनलमा

काभा महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलंकालाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।

बांग्लादेशका राष्ट्रपतिले विघटन गरे संसद्

बांग्लादेशका राष्ट्रपतिले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मंगलबार संसद् विगठन गरेका छन्।

बागलुङमा पहिरोमा परेर ७ जनाको मृत्यु, ४ को उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जनाको उद्धार भएको छ।

नेप्से परिसूचक १४५ अंकले घट्दा पनि २३ अर्बको कारोबार

नेप्से परिसूचक १४५.०५ अंकले ओरालो लागेर २६५१.३२ को विन्दुमा सीमित भएको छ।

जलमग्न टेकु क्षेत्र (तस्वीरहरू)

मंगलबार बिहानैदेखिको वर्षाका कारण काठमाडौँका टेकुलगायतका स्थान जलमग्न भएका छन् भने जनजीवन प्रभावित भएको छ।

बांग्लादेश : अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेता युनुस सहमत

नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुस बांग्लादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्न सहमत भएका छन्।

गुल्मीमा पहिरोमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते

मुसिकोट नगरपालिकाको बिसौनाका स्थानीय विष्णु विकको घर मंगलबार बिहान पहिरोमा पुरिँदा चार जनाको मृत्यु भएको हो।

काभ्रेमा खोलाले बगाएर १ जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध 

वर्षाका कारण मंगलबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

हिरोसिमामा बम आक्रमणको ७९ वर्ष पूरा

हिरोसिमाका मेयर काजुमी मात्सुईले युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको बताएका छन्। 

तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य 

सुनको मूल्य सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

बागलुङमा पहिरो: ४ घर पुरिए, १ जनाको मृत्यु

बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोले तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।

अविरल वर्षाले काठमाडौँका सडक जलमग्न

बागमती र यसका सहायक नदीहरू बिष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अन्य साना खोलामा जलसतह सतर्कता तहभन्दा माथि र केहीमा खतरासम्म पुगेको छ।

पुल नबन्दा सास्ती: तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुंगाकै भर

राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्छन्।

दूधमा आत्मनिर्भर बन्यो कैलाली

कैलालीमा गाई र भैँसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन्। ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।