बाढी
ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ। अविरल वर्षापछि उर्लिएको बागमतीको बाढी पस्दा कार्यालय परिसर जलमग्न भएको छ। बुधबार बिहान च्यासलस्थित बागमतीको पुलमाथिबाट बागमतीको पानी बगेको थियो। बाढीले च्यासल फुटबल मैदान, अस्थायी प्रहरी पोस्ट र पार्टी प्यालेस पनि डुबाएको छ।
विनाशकारी पहिरोले आवास तथा सडक क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ।
हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शप थग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए। इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।
ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ च्यासल, वडा नं ९ शंखमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ।
बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको प्रहरीले जनाएको छ।
वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्।
भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो। एक जनाको उद्धार गरिएको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र गण्डकीका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जनाएको छ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेस सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्।
भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ भने १०० जनाभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।
पौडीमा नेपालीका एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकको पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
बागमतीका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन्। उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६४ मत परेको हो।
बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको, जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने ललिताको भनाइ छ।
प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।
मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा कायम भएको छ भने १७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
संघीय सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन्।
उत्तरी इंग्ल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालक्षित छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु हुनुका साथै नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।