AnonymousUser

Logout

काठमाडौँको कमलादीमा भासियो सडक

काठमाडौँ महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक बिहीबार राति भासिएको प्रहरीले जनाएको छ।

विश्व आदिवासी दिवस मनाइँदै, काेशी प्रदेशमा सार्वजनिक बिदा

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले अगस्त ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

सर्पको टोकाइबाट बर्दियामा २ बालबालिकाको मृत्यु, १ घाइते

गुलरिया नगरपालिका–१ मा नौ महिनाको बालक मायरा चौधरी र ११ वर्षीया सोनिमा चौधरीको सर्पको टोकाइबाट बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार नागपञ्चमी, घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै 

परम्पराअनुसार नागको पूजाअर्चना र घरको मूलढोकामा तस्वीर टाँसेर मनाइने यस पर्वका दिन देशभरका नाग मन्दिर तथा पोखरीमा भक्तजनको घुइँचो लाग्ने लागेको छ।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बांग्लादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन

मुहम्मद युनुस नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा मुख्य रूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ।

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका ५ नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण

रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपालीको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बागलुङ पहिरोमा बेपत्ता भएकामध्ये थप २ जनाको शव फेला, १ को खोजी जारी

बागलुङको बडिगाडमा पहिरोमा परेर बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ भने एक जनाको खोजी जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्राधिकरणको सञ्चालकबाट पुन र आचार्यलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कपिल आचार्य र भक्तबहादुर पुनलाई विद्युत् प्राधिकरणको सञ्चालक सदस्यबाट हटाउन निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

प्राधिकरणको सञ्चालकबाट पुन र आचार्यलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कपिल आचार्य र भक्तबहादुर पुनलाई विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

ग्रामीण क्षेत्रका चौकीमा दरबन्दीअनुसार छैनन् प्रहरी

गाउँका चौकीमा प्रहरी दरबन्दीभन्दा कम छन् भने त्यो जनशक्तिलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकीमा राखिएको छ।

प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र ट्रंकलाइनको विवरण

‘टीओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ।

हवाई सुरक्षा मापदण्डबारे स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

संसदीय समितिले हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको अवस्थाबारे जाँचबुझ र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको छ।

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

जापानको दक्षिणी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि सरकारले सुनामीको चेतावनी जारी गरेको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, २० अर्बको शेयर कारोबार

बिहीबारको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

‘कोशीमा बाढी आएपछि ठेक्कापट्टाको हिसाब शुरू हुन्छ’

‘तटबन्धले जैविकता, समाज, पर्यावरण, जल आधारित परम्परागत अर्थ व्यवस्था सबैलाई क्षति पुगिरहेको छ भने तटबन्ध बनाउने नीतिलाई किन हटाइँदैन? यसबाट कसलाई लाभ छ र को हुन् यसपछाडिका खेलाडी?’

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानून समितिबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ।

मगर खाम भाषा लोप हुने जोखिम, संरक्षणमा बुढापाकाको जोड

बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने मगर खाम भाषाको प्रयोग हुन छाडेको छ। पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति लोप हुँदै गएको बुढापाका बताउँछन्।

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि जलमग्न हुने गरेको छ। यसबाट बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन्।