AnonymousUser

Logout

पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

स्वामित्व हस्तान्तरण नहुँदा धनगढी सभागृह प्रयोगविहीन

दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा ७०० जना क्षमताको मुख्य हल, २०० जना क्षमताको कार्यक्रम कक्ष, १०० सवारीसाधन अटाउने क्षमताको पार्किङ रहेको छ।

प्रिमियर लिग: हालान्डको लगातार दोस्रो ह्याट्रिक, आर्सनल रोकियो

हालान्डले खेलको १०, ३० र ८३औँ मिनेटमा गोल गरे। हालान्डले पछ्ल्लो खेलमा इपस्विच टाउनविरुद्ध पनि ह्याट्रिक गरेका थिए।

‘ऐतिहासिक सामग्रीलाई इतिहासकै नजरबाट हेर्नुपर्छ’

मिहिन ढंगमा हेर्ने हो भने कसैसँग चिना परिचय गर्दा पनि हामी नाम मात्रै नभई थरसमेत जान्न इच्छुक हुन्छौँ, त्यसमा कुनै खालको आफ्नोपन अथवा विभाजन छुटिने गरी।

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी–२ चेवाबेसीमा १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ।

यस्तो रहनेछ आइतबारको मौसम

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यासको यथावत्   

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलरका दरले घटाइएको निगमले जनाएको छ।

रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर सम्पर्कविहीन

रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।

कलंकीमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु

कलंकीमा मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

२ जना प्रधानाध्यापक नियुक्त भएपछि शहीद धर्मभक्त माविमा तनाव

कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा नियुक्ति पाएका दुवै प्रधानाध्यापकको पक्ष-विपक्षमा दिनहुँजसो प्रदर्शन हुँदा पढाइ प्रभावित भएको छ।

पर्यटकीय गन्तव्य

गर्मी छल्न मैलुङ झरना

रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मैलुङ झरना आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। गर्मी बढेसँगै झरनामा रुझ्न आउने मानिसको संख्या उल्लेख्य रहेको स्थानीय बताउँछन्। अन्य दिनको तुलनामा बिदाको दिन भने अत्यधिक घुइँचो लाग्ने गर्छ। काठमाडौँदेखि करिब ७० किलोमिटर दूरीमा रहेको झरनामा मोटरसाइकल र बसबाट पुग्न सकिन्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पहिरोले कर्णाली ४ दिनदेखि राजमार्ग अवरुद्ध, स्याउ बोकेका सवारीसाधन अलपत्र

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा हुम्ला, मुगुबाट सुर्खेत तथा नेपालगन्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्।

कानूनी प्रतिनिधि नियुक्त नगरेपछि ब्राजिलमा एक्समाथि प्रतिबन्ध

ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको बताएका छन्।

पर्यटक लोभ्याउँदै भोजपुरको महभिर झरना

झरना भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा छ। सडकको सहज पहुँच भएसँगै पर्यटकको आवागमन बढेको छ।

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

हेलिकप्टर उडेलगत्तै सन्तुलन गुमाएर दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

ठमेलस्थित छायादेवी कम्प्लेक्स परिसरमा धर्ना दिने ६ जना प्रहरीको नियन्त्रणमा

पोखरी बचाउने अभियानमा रहेका भागवत प्रधानलाई स्थानीयले पनि साथ दिएका छन्। उनीहरूले लामो समयदेखि आन्दोलनसमेत गर्दै आएका छन्।

नेपाल प्रिमियर लिग खेल्ने ८ टोलीको नाम सार्वजनिक

एनपीएलमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम छन् ।

मनाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार बिहान ३: ४७ बजे मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

पेरिस पारालम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।