आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह, इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख छात्रवृत्ति सहयोग गर्ने भएको छ।
हमासको आक्रमणको क्रममा पक्राउ परेका ५२ वर्षीय एक बन्धकलाई इजरायली सेनाले मंगलबार गाजास्थित सुरुङबाट उद्धार गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बांग्लादेशले उपाधि हात पारेको हो।
सिग्देलले हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका छन्।
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ।
अघिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको नेप्से आज भने ३.८० अंकले बढेर २७८६.४० को विन्दुमा पुगेको छ।
राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा कोदो उत्पादनको परीक्षणका लागि करिब दुई कट्ठा क्षेत्रफलमा नौ जातका कोदो रोपिएको छ।
बुधबार बिहान इजरायली सेनाले उत्तरी वेस्ट ब्यांकबम ‘जेनिन र तुलकार्ममा आतंकवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिएको जनाएको छ।
दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा भदौ ९ गते बिहान गएको पहिरोले चार घर बगाउँदा हराइरहेका १० जनामध्ये आठ जनाको शव फेला परेको छ।
बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ५३ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बग्न थालेको हो।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन्। महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी छन्।
मुस्ताङ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेयता विपद् घटनाबाट ६ हजार ४९ घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ।
अस्ट्रेलियाले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षामा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित तिखेढुंगाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये मंगलबार एक जनाको शव फेला परेको छ।
चिया प्रदर्शनी
काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवं ५८ कारखानाका १०० भन्दा बढी प्रकारका चिया प्रदर्शनी शुरू भएको छ। प्रदर्शनीमा इलामलगायत विभिन्न स्थानमा उत्पादन गरिएका चिया राखिएको छ।
प्रहरी अधिकृतलाई ३० वर्षे सेवा अवधिका आधारमा अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश पुनरवलाेकनका लागि सरकारले निवेदन दिएको छ।