AnonymousUser

Logout

उड्डयन क्षेत्रमा नियामक र सेवा प्रदायक अलग गर्ने विधेयकमा अर्थको सहमति

नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ।

जलवायु परिवर्तनले चक्रवात वृद्धि : अध्ययन

डब्ल्यूडब्लूएले मानव सिर्जित जलवायु परिवर्तनका कारण हावाको गति सात प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निष्कर्ष निकालेको छ।

उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गर्दै एआईजी श्याम ज्ञवालीसहित पाँच जनाले दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

३० वर्षे विवादमा सरकारको ‘भ्याकेट’माथि शुक्रबार सुनुवाइ, सर्वोच्चले बोलायो दुवै पक्षलाई

प्रहरी अधिकृतको ३० वर्षे सेवा अवधि विवादबारे सरकारको ‘भ्याकेट’मा सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले दुवै पक्षलाई बोलाउन आदेश गर्दै सुनुवाइका लागि शुक्रबार पेसी तोकेको छ।

राष्ट्रपति पौडेलबाट टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।

बाढीपहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त, यातायात अवरुद्ध

सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन्। स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन्।

हुलाकी सडक निर्माणलाई गति दिन सरकारलाई सांसदको ध्यानाकर्षण

राष्ट्रियसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसदले हुलाकी सडक निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

नेप्से परिसूचक ३६.८३ अंकले घट्यो, १२ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २८४९.५७ को विन्दुमा कायम भएको छ।

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ घाइते

दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको बस राँझामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु

भारी बर्षाका कारण नदीका बहाव बढेका छन्। नदी नजिक बसोबास गर्ने ३० हजारभन्दा बढी मानिस घर छाडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन्।  

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति

२२० केभी सिंगल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो। तर, बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको थिएन।

महिला भलिबल टोली नगदसहित सम्मानित

टोलीका १४ खेलाडीलाई जनही ३ लाख, मुख्यप्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायकप्रशिक्षक भरत यादव, व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ।

तोलामा १ लाख ५३ हजार २०० पुग्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनाएको छ। 

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

पहिरोको उच्च जोखिममा चेकेथुम गाउँ 

पहिरोभन्दा माथि रहेको गाउँमा ६१ परिवारको बसोबास छ। पहिरो गाउँतर्फ सर्दै गएपछि खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा छन्। २८ परिवार विस्थापित भइसकेका छन्।

कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जुम्लामा नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

जुम्लामा नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता भएका छन्।

श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिबाना

कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको महानगरले जनाएको छ।

संशोधित नियमावलीअनुसार न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग

कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली २०७४ अुनसार न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग गरेको छ।

ईयूसँग सम्बन्ध सुधार्ने प्रयासमा बेलायत, प्रधानमन्त्री स्टार्मरले भेटे जर्मन चान्सलर

ब्रेक्जिटपछि यो भेट बेलायत र युरोपेली संघ (ईयू)बीचको सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण मानिएको छ।