मंगलबार सामान्य बढेको नेप्से बुधबार भने ३.२० प्रतिशतले घटेर २,७३९.४६ को विन्दुमा कायम भएको हो।
‘अदालतको आदेश मानेर हामीले बागमतीलाई बचाउनुपर्छ। प्रकृतिले दिएका नदीनाला उपयोगका वस्तु मात्र हुन् भन्ने सोच्यौँ भने त्यसले हाम्रै अस्तित्व खतरामा पार्छ।’
कामको सिलसिलामा वा भिजिट भिसामा यूएई गएर त्यहाँ ‘ओभरस्टे’ भएका तर जरिबाना तिर्न नसकेर अवैधानिक हैसियतमा रहेकाहरूलाई आममाफीको व्यवस्था गरिएको छ।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका हुन्।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७८८ जनामा डेंगीको संक्रमण देखिएको छ।
पलेशालाई विमानस्थलमा बाजागाजासहित खेलकुदमन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले स्वागत गरेका थिए। त्यसपछि नगर परिक्रमा गराइएको थियो।
अस्पतालमा पाँच शय्या आईसीयू र सातवटा भेन्टिलेटर छन्। कोभिड–१९ को संक्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर र आईसीयू अहिलेसम्म पनि प्रयोगमा आउन सकेका छैनन्।
मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुंगामा ७० जनाभन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश र गण्डकीका एक-दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ।
विरोध
विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएको भन्दै विरोध प्रदर्शन गरेका छन्। आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै चिकित्सा शिक्षा अगाडि एमबीबीएस र पारामेडिकल प्रवेश परीक्षा दिएका विधार्थीले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘प्रश्नपत्र सेट’, ‘ओएमआर सिट’, ‘एन्सर कि’ हर्न पाउनुपर्ने माग राखेका छन्। उनीहरूले ‘विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइँदैन’, ‘एमइसीले गल्ती नहेराइ फेल गर्नु नै अपराध हो’, ‘विद्यार्थीको भविष्य निर्धारण गर्ने जस्तो परीक्षामा राजनीति चल्दैन। चल्दैन’, ‘प्रिपेरेसन गर्ने काले, सिट पाउने पैसावाले’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका थिए। तस्वीर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ।
युक्रेनको मध्यपूर्वी क्षेत्रको एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।
जापानिज इन्सेफलाइटिसको संक्रमणबाट घोडाघोडीका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ
कंगोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय १५ दिन थप भएको छ।
गिरीबन्धु टी–इस्टेटअन्तर्गत ५१ बिघा जमिनका बासिन्दाले भूउपयोगसम्बन्धी जटिलता तत्काल सम्बोधन गरिदिनका लागि प्रधानमन्त्री, सभामुख, भूमि व्यवस्थामन्त्री, कांग्रेस महामन्त्रीलगायतको ध्यानाकर्षण गराएका छन्
काठमाडौँ महानगरको निर्णयअनुसार सशुल्क पार्किङ हटाइएपछि महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त बनेको व्यवसायीको भनाइ छ।
मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.२० को विन्दुमा कायम भएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राजदूतमा सिफारिस गर्दा संविधानको व्यवस्था र निर्देशिकाको व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ।
उजुरीमा ९० रुपैयाँ नेटवर्थ कायम नहुने कम्पनीको आईपीओ निष्कासन रोक्दा पुँजी पलायन हुने, ठूला लगानीकर्ताले लगानी गर्न नसक्ने र समग्र राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने उल्लेख छ।