सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाको नतिजाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।
मंगलबार बिहान बस सडक छेउमा रहेका अभिभावक र विद्यार्थीहरूको भिडसँग ठोक्किएको थियो। दुर्घटनामा मृत्यु हुनेमा ६ अभिभावक र ५ विद्यार्थी छन्।
सम्सी गाउँपालिका–४ स्थित भेटपुर इलाकाको गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेका सवारीसाधन जाँच गर्ने क्रममा ३६० बोतल कोडाइन बरामद गरेको हो।
तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
‘चिया विकास निगम कहाँ छ अहिले? यसमा किन कोही बोल्दैनन्? संसद्मा यसबारे किन प्रश्न उठ्दैन? मिडियाकर्मीहरू पनि यो विषय किन देख्नुहुन्न?’
गोरखा–आरुघाट सडकखण्डको जुगेपानी पहिरोका कारण २० वर्षदेखि यात्रीले हैरानी खेप्दै आएका थिए। यस वर्ष पहिरो रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको छ।
अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
खहरे खोलामा आएको बाढीले धरान–१३ का सात घरमा क्षति भएको छ। करिब १० घर बढीको उच्च जोखिममा छन्।
देशभर आंशीकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
प्रहरीले कंकालको डीएनए प्रोफाइल जाँच तथा शव परीक्षण रिपोर्टका आधारमा अनुसन्धान शुरू गर्ने जनाएको छ।
कञ्चनपुरबाट डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान छोटो दूरी पर्ने दैजी जोगबुढा सडक पटक–पटक समय थपिएर पनि निर्माण नहुँदा स्थानीय घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगीको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको छ।
खडक पुलमा बनेका खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बांग्लादेशमा बाढीबाट प्रभावित ११ जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने देशभर सात लाखभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।
यतिबेला कमलावारि घर, पारि खेतबारी हुनेहरूका लागि नदी वारपारको एक मात्र विकल्प डुंगा बनिरहेको छ।
सोमबार नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ को विन्दुमा कायम भएको छ भने १३ अर्ब रुपैयाँ कारोबारको शेयर कारोबार भएको छ।
पाल्पाको रामपुर–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ।