AnonymousUser

Logout

पतिको अवकासपछि पत्नीले सम्हालिन मुख्य सचिवको पद

गत अगस्ट ३१ मा सेवाबाट अवकास पाएसँगै भी वेणुले मुख्य सचिवमा नवनियुक्त आफ्नै श्रीमतीलाई जिम्मेवारी हस्तान्तरण गरे।

अर्थ मन्त्रालयले डीडीसीमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने

यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रूपमा लगानी गर्नेछ।

कुशे औँसी: गोकर्णेश्वर मन्दिरमा सिदादान गर्नेको भीड (तस्वीरहरू)

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।

‘धेरै राजनीतिक दल हुनु सकारात्मक हो’

‘नेपालमा मानिसहरू धेरै राजनीतिक दल हुनु खराब हो भन्छन्, तर त्यस्तो होइन। धेरै दलहरू नभएको भए यहाँ भ्रष्टाचारका ठूला–ठूला काण्डहरू गुपचुप हुन्थे।’

इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध चर्को विरोध प्रदर्शन

प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको प्रदर्शनकारीहरूको भनाइ छ।

ला लिगा : एम्बाप्पेको पहिलो गोलसहित रियल विजयी

स्पेनिस ला लिगामा किलियन एम्बाप्पेले पहिलो गोल गर्दा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ।

यी ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सुदूरपश्चिममा बढ्दै डेंगी संक्रमण, किट अभावले परीक्षणमा समस्या

आवश्यकताअनुसार किटको व्यवस्थापन हुन नसक्दा डेंगी संक्रमण पहिचान गर्न समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीको भनाइ छ।

रुसमा हेलिकप्टर दुर्घटनामा बेपत्ता २२ जनामध्ये १७ को शव फेला

१९ पर्यटक र तीन जना चालक दलका सदस्य सवार हेलिकप्टर शनिबार कामचट्काको जंगली क्षेत्रमा बेपत्ता भएको थियो।

काठमाडौँ–तराई द्रुतमार्ग आयोजनामा पुँजीगत लाभकर छुट दिने सरकारको निर्णय

सरकारले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने निर्णय गरेको छ।

राजस्व चुहावट नियन्त्रण गर्न द्रुत गस्ती निरीक्षण टोली परिचालन

पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ।

बालमन्दिरका जग्गाजमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले बालमन्दिरको नाममा रहेका जमिन, भवन र सम्पत्तिको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताए।

सुन्धारा-रत्नपार्क-भद्रकाली क्षेत्र जामले अस्तव्यस्त (तस्वीरहरू)

विभिन्न समूहको सडक प्रदर्शनका कारण सवारीसाधनको जाम बढ्दा काठमाडौँको सुन्धारा, रत्नपार्क, भद्रकाली, पुतलीसडक लगायतको क्षेत्र अस्तव्यस्त बनेको छ।

निर्मला कुर्मीको न्यायका लागि माइतीघर–बालुवाटार मार्च (तस्वीरहरू)

अधिकारकर्मीले निर्मला कुर्मीको न्यायका लागि भन्दै आइतबार माइतीघर–बालुवाटार मार्च गरेका छन्।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य उडान पनि केही ‘डिले’ भएका छन्।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक ५३.६३ अंकले ओरालो लागेर २६९५.९३ को विन्दुमा सीमित भएको छ।

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

सडक एकतर्फी रूपमा सञ्चालनमा आए पनि निरन्तर पानी परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

चिनियाँ नौसैनिक आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै जापानको विरोध 

कुचिनोएराबु टापु नजिकै एक चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा प्रवेश गरेको र करिब दुई घण्टापछि याकुशिमा टापुको दक्षिण पश्चिमबाट निस्किएको थियो।

कार्यालय प्रमुखलाई अस्थायी दरबन्दीमा काज, काजका कर्मचारी कार्यालय प्रमुखमा सरुवा

गण्डकी सरकारले शिक्षा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटलाई अस्थायी दरबन्दी रहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर तालिम केन्द्रको प्रमुखमा सुदूरपश्चिमबाट काजमा आएका कर्मचारी पठाएको छ।

स्नातकमा ‘हेरिटेज कन्जर्भेसन’ पढाउँदै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसन फर कन्जर्भेसनको संयुक्त सहकार्यमा आगामी नोभेम्बरदेखि स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्यापन हुने भएको छ।