शिक्षामन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर अभिभावकको अनुमतिमा मात्र जान दिने बताएकी छन्।
भारतको कान्छो ‘यूनियन टेरिटोरी’मा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म हुने निर्वाचनबाट ९० विधायक छानिने छन्। हिन्दू बहुल जम्मुमा भाजपा र मुस्लिम बहुल कश्मीरमा एनसी वा एआईपीको पल्ला भारी हुने अनुमान छ।
युक्रेनसँग अल्पकालीन मागका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजका आधारमा वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
बिहीबार नेप्से परिसूचक १२ अंकले घटेर २७२७ को विन्दुमा कायम भएको छ भने नौ अर्ब ६५ करोडको शेयर कारोबार भएको छ।
राहतका लागि सरकारबाट घोषणा भएर भुक्तान हुन बाँकी रकम तत्काल निकासा गर्नुपर्ने माग पनि द्वन्द्वपीडित संघले गरेको छ।
एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै भोजपुरका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन्।
सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।
सोमबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो। तर उद्घाटन भएको २४ घण्टा नबित्दै सुनसान भएको छ।
मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा बिहीबार बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सन् २००३ यता ३९ वर्षीय रोनाल्डो र ३७ वर्षीय मेस्सी दुवै सूचीमा नपरेको पहिलो पटक हो।
सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका छन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
पारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशिको पुरस्कार दिने भएको छ।
नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ।
रुसले आणविक हतियारको प्रयोगबारे आफ्नो आधिकारिक अडानमा परिवर्तन आएको संकेत गरेको छ।
विद्यार्थी आन्दोलन
चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। नतिजा सच्याउन तथा प्रश्नपत्र र उत्तर पुस्तिका हेर्न पाउनुपर्ने माग राख्दै विद्यार्थीले शान्तिपूर्ण आन्दोलन शुरू गरेका हुन्।\r\n\r\n
नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चार वर्ष बितिसक्दा पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा संशोधन हुन सकेको छैन।
भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केही पनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरू आन्दोलित छन्।
काठमाडौँ महानगरपालिकाले पेरिस पारालम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।