संघीय सरकारले पुनर्निर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्पपीडितको आवास निर्माण ढिलाइ भएको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीको भनाइ छ।
रामेछापको मन्थलीका वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटना अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा बनेको प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्।
काठमाडाैँ उपत्यकालगायत देशका विभन्न भागमा वर्षा भएसँगै हवाई उडान सामान्य प्रभावित भएको छ।
यदि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा पुन: निर्वाचित भए युरोपले गम्भीर समस्याहरूको सामना गर्न सक्छ। सुरक्षा र स्वतन्त्र व्यापार सम्झौता खतरामा पर्न सक्छ।
आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इस्प्यानयोलमाथि ३–१ को जित हासिल गरेको हो।
देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै बांग्लादेश तथा भारतको मणिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
राजधानीका गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थान तथा तराईका जिल्लामा छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ।
सोमबार बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान वर्षाको सम्भावना रहेको छ।
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरको आकाश धुलोधुवाँ, प्रदूषण मिश्रित कुहिरोले ढाकिएपछि सरकारले एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
रोयल कमिसन फर अलउलाले पुरातत्त्वविद्ले साउदी अरबको उत्तर–पश्चिमस्थित खैबर ओएसिसमा कांस्य युगको पुरातात्त्विक शहर पत्ता लगाएको घोषणा गरेको छ।
दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने तिला– १ का स्थानीय नर रावत बताउँछन्।
तरकारी खेती, गाईबस्तु तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा धेरैको आकर्षण बढेको यस पेसामा लागेका किसानहरू बताउँछन्।
जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले ९ लाख ६८ हजार रुपैयाँसहित १५ जनालाई पक्राउ गरेको हो।
जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ।
परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एशियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
अमेरिकाको डल्लासमा घरेलु टोलीले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा आलआउट हुँदै २४४ मात्र बनायो।
आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिन्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।