AnonymousUser

Logout

गण्डकीका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

उच्च अदालत पाटनले दीपक मनाङेलाई गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ।

भेरी अस्पतालमा सिकलसेलको उपचार गर्न बेग्लै वार्ड स्थापना हुने

थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट यो समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

६ प्रतिशतले बढ्यो विदेशी पर्यटकको आगमन, भारतीय र चिनियाँ घटे

नेपाल पर्यटन बोर्डका अनुसार भारतीय र चिनियाँ पर्यटक घटेका छन् भने अमेरिकी पर्यटक बढेका छन्।

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। 

नेप्से परिसूचकमा झिनो गिरावट, ४ अर्बको कारोबार

तिहारको बिदापछि खुलेको शेयर बजारमा नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० मा सीमित भएको छ।

जनकपुरमा छठका लागि किनमेल गर्नेको चहलपहल (तस्वीरहरू)

बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसामान तथा फलफूल किन्नेको चहलपहल बढेको छ।

पाकिस्तानमा ८ महिनादेखि तलब नपाएपछि आन्दोलनमा शिक्षकहरू

एक जना शिक्षकले मार्चयता तलब नपाएको, आफूसँग अन्य कुनै आयस्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताए।

पुनर्निर्माण भएपछि सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन

असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्‍याएको थियो। 

वर्षौंदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

गाउँमा रहेका २६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन्।

सिरियास्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा इजरायलको आक्रमण

इरानी एजेन्टसँग काम गरिरहेका आतंककारी कार्यकर्ता पक्राउ गर्न इजरायली सेना सिरियामा प्रवेश गरेका थिए।

प्रतितोला २ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ तोकेको छ। 

सर्लाहीमा पोखरीमा डुबेको कारबाट निकालियो २ जनाको शव

कारमा सवार महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किन सफल भएका थिए। 

कार पोखरीमा डुब्दा सर्लाहीमा २ जना बेपत्ता

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको पोखरीमा गएर डुबेको थियो।

विश्वकप लिग२: नेपाल र स्कटल्यान्डबीचको खेल रद्द  

ग्राउन्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो।

देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या २ पुग्यो

अर्घाखाँचीको जयठाटी बस दुर्घटनामा एक जनाको घटनास्थलमै र घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

वर्षासँगैको पहिरोले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ।

त्रियुगा नदीमा डुबेर २ बालिकाको मृत्यु, १ बेपत्ता

त्रियुगा नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको र एक बेपत्ता रहेको प्रहरीले जनाएको छ।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

अर्घाखाँचीको जयठाटीमा बसले देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा एक जनाको मृत्यु छ भने आठ जना घाइते भएका छन्।

हुम्लामा ३ दिनपछि पुनः शरू भयो हवाई उडान

सोमबार नेपालगन्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।