AnonymousUser

Logout

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ५ जनाको मृत्यु

मृतकको सनाखत हुन नसकेको र घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठपर्व

छठ पर्वको मुख्य दिन बिहीबार व्रतालुहरूले सूर्यको आराधना, उपासना र पूजा गरी अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिएका थिए।

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

९ हजार रोजगारी कटौती गर्ने जापानी कार उत्पादक निसानको घोषणा

जापानी कार उत्पादक कम्पनी निसानले नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ भने वार्षिक बिक्री पूर्वानुमान पनि घटाएको छ।

दोलखाको ओराङ केन्द्र भएर भूकम्प

दोलखाको ओराङ आसपास केन्द्रविन्दु भएर बिहीबार साँझ ४.५ म्याग्निच्युडको भूकम्प गएको छ। 

लुक्लामा एकैदिन १८४ उडान, भित्रिए ४०० विदेशी पर्यटक

तेन्जिङ हिल्लारी विमानस्थल, लुक्लामा बिहीबार हेलिकप्टर र विमानले गरी १८४ पटक उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

धान

खोकनामा धान भित्राउन चटारो

दशैँतिहार सकिएलगत्तै अहिले किसानहरू धान काट्ने र भित्र्याउने काममा व्यस्त छन्। मानो रोपेर मुरी भित्राउने यो समयमा खोकनाका फाँटमा लगाइएको धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका किसानहरूको मुहारमा पनि खुशी देखिएको छ। यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको थियो। कृषि विभागका अनुसार यस वर्ष कुल धान रोपाइँ हुने जमिनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको थियो। गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जानकारी दिएको छ। पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नु पर्ने भए तापनि यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको थियो। तर धन काट्ने बेलामा परेको पानीका कारण उत्पादन घट्ने मन्त्रालयको अनुमान छ। केही दिनको प्रतिकूल मौसम खुलेसँगै अहिले किसानलाई धान काट्ने, निहिन उठाउने र भित्र्याउने चटारोले छोएको छ। खोकनामा पनि धान भित्र्याउन व्यस्त छन् स्थानीय। तस्वीर : नेपाल फोटो लाइब्रेरी।

सिस्नेरी बेस क्याम्पमा करेन्ट लागेर सेनाका लेसनायकको मृत्यु, २ जना घाइते

नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत सेनाका लेसनायकको करेन्ट लागेर मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। 

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्वीरहरू)

व्रतालुहरूले पोखरी, तलाउ तथा नदी किनारमा निर्माण गरिएका छठघाटमा अस्ताउँदै सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाएका छन्।

पर्व

गंगासागरमा छठको उल्लास

छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा–आराधना गरिन्छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व भगवान् सूर्यको पूजा–आराधना गरी मनाइने गरिन्छ। जनकपुरको गंगासार नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी गरिएको छ। चारैतर्फ पक्कीघाट भएकोले श्रद्धालुहरूको पहिलो रोजाई गंगासागर हुने गरेको छ।

ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका : इरान

इरानले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ।

‘ड्रागन फ्रुट’ खेतीबाट दोहोरो फाइदा लिँदै रामेछापका किसान

रामेछाप, मन्थली, खाडादेवी गोकुलगङ्गा, लिखु तामाकोसीसहितका पालिकामा ड्रागन फ्रुटको व्यावसायिक खेती विस्तार हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ।

यू१९ महिला विश्वकप छनोट: कुवेतमाथि नेपालको १०८ रनको जित

नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अलआउट हुँदै २२ रनमा समेटियो।

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउँदै अस्ट्रेलिया

फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ।

नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित  २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो।

प्रतितोला ४ चार हजार रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ। 

सञ्चालनमा आयो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन

चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर मल्टी सर्किट लाइन निर्माण गरिएको छ। 

फेवाफाँटको जेठोबुढोमा गभारो, भित्र्याउने बेलामा धान न पराल

गभारोका कारण पोखराको फेवाफाँटस्थित एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो धानबाली सखाप भएको छ।

क्षतिको विवरण तयार नहुँदा काभ्रेमा पुनर्वास कार्यक्रम प्रभावित

स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोशी, गण्डकी र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।