AnonymousUser

Logout

यस्तो छ तिहारको माैसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले बुधबार तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने जनाएको छ।

तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै सामान्य प्रशासन मन्त्रालय

मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो तयारी थालेको हो।

जम्मा फोहोरको २० प्रतिशत मात्रै बन्चरेडाँडा लैजाने महानगरको तयारी

काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ।

फुटबल

फुटबल हेर्न टिकट काट्नेको लाइन

काठमाडौँको दशरथ रंगशालामा नेपाल र बांग्लादेशबीच बुधबार साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदै छ। उक्त खेल हेर्न टिकट काट्नका लागि दर्शकहरू बिहानदेखि लाइन लागेका छन्। एन्फाले बिहान आठ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ। एक जनाले अधिकतम दुई वटा भीआईपी र पाँच वटा साधारण प्यारापेटको टिकट लिन सक्नेछन्। तस्वीर: फोटो लाइब्रेरी

तिहारअघिको अन्तिम कारोबार दिन १४ अंकले घट्यो नेप्से

तिहारअघिको अन्तिम कारोबार दिन शेयरबजार परिसूचक नेप्से  १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।

तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ।

इजरायलमा यूएनआरडब्लूएलाई प्रतिबन्ध लगाउने कानून, राष्ट्रसंघको विरोध

महासचिव एन्टोनियो गुटेरेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पत्राचार गर्दै प्रभावितलाई सहायता प्रदान गर्न यूएनआरडब्लूएको विकल्प नभएको बताएका छन्।  

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

परराष्ट्र मन्त्रालयको सचिवका रूपमा कार्यरत लम्सालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन्। 

तोलामा १ लाख ७० हजार ७०० पुग्यो सुनको मूल्य

मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको सुन एकैदिन २ हजार २०० रुपैयाँले बढेको छ।

काग तिहारका अवसरमा नारायणहिटी गेटअघि ‘काग सम्मेलन’

विगतमा रत्नपार्कस्थित शान्तीबाटिकामा गरिँदै आएको सम्मेलन यस वर्ष नारायणहिटी गेट अगाडि गरिएको हो। 

जैविक सागसब्जी उत्पादनमा रमाएका लालीगुराँसका महिला

रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको किसानले बताएका छन्।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

स्कटल्यान्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए।

समस्याग्रस्त सहकारीका साढे ६ हजार बचतकर्ताको डेढ अर्ब फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ६२ हजार ७६० बचतकर्ताले ३९ अर्ब ९३ करोड रुपैयाँ माग दाबी गरेका छन्। अझै ३८ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।

नेपाल र बांग्लादेशबीचको खेलको टिकट एन्फा आफैँले बेच्ने

एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ। टिकट बिहान ८ देखि वितरण हुनेछ। 

नेपालमा डेंगीका ३ प्रकारका भाइरस सक्रिय

नेपालमा डेंगीका सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

रुबी खान र सरकारबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित

सरकारसँग तीनबुँदे सहमतिसँगै आन्दोलनरत रुबी खान समूहले मंगलबारदेखि आन्दोलन स्थगित गरेको छ।

चितवनमा तिहारलक्षित फूलखेती गर्ने किसानको संख्या घट्यो

फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो। अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ।

नेप्से परिसूचक ४६.६९ अंकले बढ्यो, ६ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

नाइम कासेम बने हिजबुल्लाहको नयाँ प्रमुख

हिजबुल्लाहले इजरायली आक्रमणमा मारिएका हसन नसरल्लाहको उत्तराधिकारीका रूपमा नाइम कासेमलाई छनोट गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।