AnonymousUser

Logout

मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

भारतसँगको खुला सीमाका कारण मालवस्तु अवैध रूपमा निकासी पैठारी हुने गरेको भन्सार कार्यालयले जनाएको छ।

यू१९ महिला विश्वकप एशिया छनोट: यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो।

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट: २४ जनाको मृत्यु

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित रेल स्टेसनमा शनिबार बिहान विस्फोट भएको थियो। 

‘बर्लिन पर्खाल ढल्दा सबै उत्साहित थिए’ 

‘बर्लिन पर्खाल ढलेपछि सबै कुरा परिवर्तन भयो। राजनीतिक र आर्थिक दृश्य पूर्ण रूपमा परिवर्तन भयो। युरोपियन युनियन पनि ठूलो भयो। सन् १९८९ अगाडि र पछाडिको सम्पूर्ण परिस्थिति परिवर्तन भयो।’

शुरू भयो बन्दीपुर जाने सिजन

जाडो मौसमसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ। यहाँ ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि पर्यटक आकर्षित हुने गरेका छन्।

बागलुङ–पूर्वी रुकुम सडक: ठेक्काको म्याद सकिएको ५ वर्ष भयो, ठेकेदार बेपत्ता 

सडक कालोपत्रका लागि २०७३ जेठमा ठेक्का सम्झौता भएको थियो। काम सक्नुपर्ने म्याद २०७५ जेठसम्म थियो। सडक कार्यालयले हालसम्म पाँच पटक म्याद थपेको छ। काम भने भएको छैन।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सुर्खेत दुर्घटनाका मृतकको सनाखत

घाइतेहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: ट्रम्पको ‘पुनरागमन’, बेहाल विमानस्थल

विश्वमा अमेरिकी चुनावमा ह्यारिस हार्नुका कारण, ट्रम्पले अब लिनुपर्ने कदमलगायत टीकाटिप्पणी जारी रहँदा नेपालमा प्राधिकरणले उडान कटौती गर्दाको प्रभावदेखि प्रधानमन्त्रीको चीन भ्रमणसम्मका खबर चर्चामा छन्।

‘कथा–किंवदन्तीलाई अन्धविश्वास भनेर टिप्पणी गरिहाल्न मिल्दैन’

‘विदेशीका रूपमा हामीले कुनै पनि देशको चलन र परम्परालाई सतही रूपमा बुझ्न मिल्दैन। अर्थ नबुझी टिप्पणी गर्न मिल्दैन।’

रानीमत्तामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, २५ घाइते

सुर्खेत–दैलेख सिमानामा पर्ने रानीमत्तामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

प्रस्तावित २ न्यायाधीश सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको छ।

पाथीभरा केबुलकार स्टेसन शिलान्यासका क्रममा झडप

पाथीभरामा केबुलकारको स्टेसन शिलान्यासका क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ।

सालझण्डी–ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत काम, ढोरपाटन जाने पर्यटकलाई सास्ती

१९७ किमी लामो सडकको अहिलेसम्म अर्घाखाँचीको १८ किमी मात्रै कालोपत्र भएको छ। सडक मर्मत नभएकै कारण ढुवानी समस्याले ढोरपाटनका किसानले फलाएको आलुसमेत समयमा बजार पठाउन सकेका छैनन्।

चितवनका भित्री सडकमा सवारी दुर्घटना बढी

दुर्घटनामा संलग्न सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्। हालसम्म २८८ सवारीसाधन दुर्घटनामा परेकोमा १६३ मोटरसाइकल रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

रुपन्देहीमा सशस्त्र र राजश्वको टोलीमाथि आक्रमण, ११२ बोरा चिनी बरामद 

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्‍याएको थियो।

जेट एयरवेजलाई ‘लिक्विडेसन’मा लैजान भारतीय अदालतको आदेश

खराब व्यवस्थापन, अत्यधिक लाभप्रद र प्रतिकूल बजार अवस्थाका कारण भारतमा धेरै एयरलाइन्स समस्यामा परेका छन्।

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार तोलामा १ लाख ६४ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार १ लाख ६६ हजार ५०० पुगेको छ।

कान्छाराम कन्सट्रक्सनसहित दर्जनभन्दा बढी कम्पनी कालोसूचीमा

सडक डिभिजन कार्यालय तुम्लिङटारको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सनलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिँदै, दैनिक १० घण्टा बन्द हुने

धावनमार्ग, ट्याक्सी वे, पार्किङ वेलगायत विस्तार तथा मर्मत काम गर्नुपर्ने भएकाले शुक्रबारदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।