AnonymousUser

Logout

विराटनगरबाट पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरी प्रहरीले काठमाडौँ ल्याएको छ।

नेप्से परिसूचक ६२ अंकले बढ्दा ९ अर्ब ७७ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ६२ अंकले बढेर २७३८ को विन्दुमा कायम भएको छ।

मुगुबाट लोप हुँदै मिठेफापर, संरक्षणमा छैन चासो

उचित मूल्य पाउन नसक्दा फापरखेती गर्ने किसान निराश छन्। आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्।

इजरायली आक्रमणबाट गाजामा १३ बालबालिकासहित ३० जनाको मृत्यु

इजरायलले दुई घरमा गरेको आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकाय जनाएको छ।

तिलिचो तालको आधार शिविरमा राष्ट्रिय ग्रिडको बिजुली

समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको आधार शिविरमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति शुरू गरिएको हो।

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर पठाइदिन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेको हो।

ललितपुर महानगरले भत्कायो सहकारी विकास बोर्डको अनधिकृत संरचना

हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ।

बाढीले बगर बनाएको गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

२०५३ सालदेखि विद्युत् उत्पादन गरिरहेको विद्युत्‌गृहमा आंशिक क्षति भएको छ। खानेपानीका अधिकांश ट्यांकी र पाइप नष्ट भएका छन्।

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ६६ हजार कायम भएको छ।

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट पछि हट्यो कतार

बन्धक र कैदीको रिहाइका लागि युद्धविराम गर्न महिनौँदेखि निरर्थक देखिएको वार्ताको कतारले नेतृत्व गरिरहेको थियो।

फाल्गुनन्द जयन्ती मनाइँदै, कोशी प्रदेशमा सार्वजनिक बिदा

समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।

देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

क्रोएसियामा नेपालीसहित विदेशी कामदारमाथि आक्रमणको आरोपमा ४ जना पक्राउ

एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमणको आरोपमा चार जनालाई पक्राउ गरेको क्रोएसियाको प्रहरीले जनाएको छ।

यू१९ एशिया कपमा खेल्ने नेपाली टोलीको घोषणा

मंसिर १४ गते यूएईमा आयोजना हुने यू१९ एशिया कप–२०२४ का लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ।

हवाई टिकटको उपलब्धता सहज बनाउन पाँचबुँदे सहमति

सहमति अनुसार सबै वायुसेवा सञ्चालकले दुई पक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ।

प्रधानमन्त्रीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिइने

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण ‘एकदम छोटो’ हुने र भ्रमणका क्रममा विगतमा भएका ‘उच्चस्तरीय समझदारी’ कार्यान्वयनमा जोड दिइने बताएका छन्।

काठमाडौँ

चाडबाड मनाएर काठमाडौँ फर्किनेहरू

दशैँ, तिहार र छठ मनाउन गएकाहरू काठमाडौँ फर्किन थालेका छन्। काठमाडौँको कलंकी, थानकोट तथा भक्तपुरका नाकामा राजधानी फर्किनेको भिड लाग्न थालेको छ।  चाडपर्व मनाउन काठमाडौँ छाडेकामध्ये शुक्रबारसम्म ९० प्रतिशत काठमाडौँ  भित्रिइसकेको ट्राफिक प्रहरीले जनाएको छ। तस्वीर: फोटो लाइब्रेरी\r\n

लीलाबल्लव अधिकारी एमालेबाट निलम्बित

एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री लीलाबल्लव अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको छ।

यू१९ विश्वकप छनोट : नेपाल र यूएईसँग पराजित

आईसीसी यू१९ महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत शनिबारको खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको छ।

गाजा युद्धमा ज्यान गुमाएकामध्ये ७० प्रतिशत महिला तथा बालबालिका 

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयको प्रतिवेदनअनुसार करिब ८० प्रतिशतको आवासीय भवनमा मृत्यु भएको थियो, जसमा ४४ प्रतिशत बालबालिका र २६ प्रतिशत महिला थिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।