हाल छनोट भएका ६४ परियोजनाको कुल क्षमता ९७४ मेगावाट बराबर छ।
क्यानका अनुसार कतार एयरवेजले दैनिक दुई उडान काठमाडौँ र एउटा भैरहवाबाट गर्नेछ। योसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको संख्या पाँच पुगेको छ।
सोमबार नेप्से परिसूचक २२ अंकले बढेर २७६० को विन्दुमा कायम भएको छ भने ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखा परीक्षणबाट कायम भएको बेरुजु रकम २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भइरहेकाले अन्तर्राष्ट्रिय उडान सीमित भई हवाइ भाडा पनि बढेको छ। जसले गर्दा गन्तव्य देशमा जान भारतको बाटो अपनाउनुपर्ने बाध्यता छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।
घटनामा मृतकको पहिचान खुलिसकेको छैन। एक जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।
चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
इजरायली प्रधानमन्त्री नेतान्याहुले विगत केही दिनमा अमेरिकी राष्ट्रपति–निर्वाचित ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे तीन पटक कुराकानी गरेका छन्।
माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मन्त्रिपरिषद्ले विद्युत् काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मिलाउने निर्णयसमेत गरेको छ।
कारागारभित्र मदिरा सेवन तथा लागुऔषध कारोबारबारे छानबिन गर्न डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय समिति गठन भएको छ।
घाइतेको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत लगिएको प्रहरीले जनाएको छ।
घाइते प्रधानाध्यापक बोम्जनलाई थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर खेल्दै ३३ रन मात्र बनाउन सक्यो।
व्हाइट हाउसको दैनिक संचालनमा उल्लेख्य भूमिका रहने 'चिफ अफ स्टाफ' पदमा ट्रम्पले सुजी वाइल्सलाई नियुक्त गरिसकेका छन्।
युक्रेनी ड्रोन आक्रमणबाट एक महिला घाइते हुनुका साथै मस्कोको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको रुसी अधिकारीहरूले बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल कोप२९ मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न अजरबैजानको बाकु प्रस्थान गरेका छन्।
कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
कालीकोटको पलाँता गाउँपालिका–३ मा आइतबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।