सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत नाघेको हो।
संग्रहालय सञ्चालनमा आएमा सभ्यता संरक्षण मात्रै होइन, आन्तरिक तथा बाह्य पर्यटनदेखि खस भाषासम्बन्धी अनुसन्धान र अवलोकन सहज हुनेछ।
हवाई मार्गबाट ठूलो संख्यामा विदेशी पर्यटक भित्रिने आशमा रहेका पोखराका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका छन्।
दक्षिण अमेरिकी विश्वकप छनोटमा पेरुलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले सन् २०२६ मा हुने विश्वकपमा स्थान पक्का गरेको हो।
रामपुर नगरपालिकाका किसान तरकारीको व्यावसायिक खेतीमा लागेका छन्। झुसिल्किराको प्रकोप फैलिएपछि भने उनीहरू चिन्तित बनेका छन्।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।
पुटिनको नयाँ आणविक प्रतिरोध नीतिको अनुमोदन युक्रेनमा सैनिक पठाएको एक हजारौँ दिन तथा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने निर्णयपछि आएको हो।
कतिपय बस्तीमा खानेपानी तथा बिजुलीलगायत आधारभूत सेवाबाट समेत वञ्चित गरी विभेदपूर्ण व्यवहार गरिइएको पाइएको अनुगमन टोलीले ध्यानार्कषणपत्रमा उल्लेख गरेको छ।
डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
असोज ११ र १२ गतेको वर्षापछिको बाढीपहिरोबाट देशभर जलविद्युत, सिँचाइ, तटबन्ध र प्रसारण लाइनमा १३ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरले लेबनानमा घरबारविहीन भएका लाखौँ बालबालिका आधारभूत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा कष्टकर अवस्थामा रहेको बताए।
निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नौ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार तरकारीको उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशतले वृद्धि भएको छ।
मंगलबार नेप्से परिसूचक ५१.११ अंक अर्थात् १.८५ प्रतिशतले घटेर २७०२.६५ को बिन्दुमा सीमित भएको छ।
खेल
नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग एनपीएल को तयारी तीव्र पारेको छ। मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ। पीच पुनर्निर्माण, साइड स्क्रिन व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेलगायत कार्य भएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार साँझबाट राजमार्ग अवरुद्ध पारेका हुन्।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ।
बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।
कुनै चलचित्रको पटकथा जस्तो। आफ्नो भाइको हत्यारा खोज्न जीवनको अधिकांश समय बिताउने एक ४७ वर्षीया चिनियाँ महिलाको कथा हो यो।
सरकारले भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो।