AnonymousUser

Logout

मेडिकल कलेज तथा अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र

स्वास्थ्य मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ।

नेपाली यू१९ टोलीले जित्यो कर्नाटकविरुद्धको सिरिज

कर्नाटकविरुद्धको पाँच खेलको एक दिवसीय सिरिज नेपाली यू१९ टोलीले जितेको छ।

उपत्यकामा ३ जना मृत भेटिए 

काठमाडौँ उपत्यकामा बिहीबार तीन जना मृत भेटिएका छन्।

राजस्व संकलन करिब १७ प्रतिशतले बढ्यो

चालु वर्षको ४ महिनामा तीन खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् ८० प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन्। 

नेप्से परिसूचक ३१ अंकले घट्यो, ८ अर्ब २५ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को बिन्दुमा सीमित भएको छ।

‘फर्मासिस्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ।

असोजको बाढी: क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरूलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ।

विज्ञ भन्छन्– रुसको नयाँ आणविक नीतिले अनिश्चितता थप्यो

युक्रेनले पहिलोपटक आफ्नो भूमिमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि मस्कोले जवाफ दिने चेतावनी दिएको छ।

चिसो बढेसँगै बेँसी झर्न थाले भेडाका बथान

चिसो मौसम शुरू भएसँगै चरनमा समस्या आउन थालेपछि लमजुङका घुम्ती गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन्। 

कोशी, बागमती र गण्डकीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। 

स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान

निर्विरोध निर्वाचित भएका बाहेक अन्य ३७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एअरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

छलफलमा सहभागी एअरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए।

भारतका स्थल सेनाध्यक्ष काठमाडौँमा

उनलाई बिहीबार एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

शहर

तार र पोलरहित न्युरोड शुक्रपथ

काठमाडौँ महानगरपालिका–२४ को शुक्रपथ तार र बिजुलीको पोलरहित भएको छ। फुटपाथ विस्तार पहिले नै सकिए पनि बीचमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणलाई हिँड्न सास्ती हुने गरेको थियो। अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तार भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी।\r\n\r\n

इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई सहयोग गरेको भन्दै ईयू र अमेरिकाद्वारा विरोध

भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को बोर्ड बैठक शुरू भएसँगै ईयूका देश र अमेरिकाले औपचारिक रूपमा इरानको निन्दा प्रस्ताव प्रस्तुत गरेका छन्।

हवाई इन्धन डिपो स्थानान्तरणको डीपीआर बनाउन निगम र पुल्चोक क्याम्पसबीच सम्झौता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डीपीआर निर्माण गर्न निगम र पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच सम्झौता भएको छ।

चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात

चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत‍्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ। 

९ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढेर २,७११.७५ बिन्दुमा कायम भएको छ।

इजरायल–हमास युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरूपमा संयुक्त राष्ट्रसंघ जस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।