AnonymousUser

Logout

मालढुंगा–बेनी सडक मंसिर ११ सम्म दैनिक ६ घण्टा बन्द

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न सडक बन्द गर्न लागिएको हो।

गलकोटका सबै बस्तीमा पुग्यो सडक, नयाँ ट्र्याक खोल्न बन्द

पालिकाका सबै बस्तीमा सडक पुगेपछि गलकोट नगरपालिकाले नयाँ ट्र्याक खोल्न बन्द गरेर फराकिलो र स्तरीय बनाउन थालेको छ।

असोजको बाढिपहिरो: ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी

नेपाल बीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये कात्तिक मसान्तसम्म ६१ करोड ७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ।

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

नक्कली फेसबुक आईडी बनाइ २७ लाख ठगेको आरोपमा १ जना पक्राउ

नक्कली फेसबुक आईडीको प्रयोग गरी २७ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।

सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने नेपाल–भारत सीमा सुरक्षा बैठकको निर्णय

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बैठकले सीमा अपराध, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण सहितका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष निकाले छ।

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह

आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाउन, मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरेको छ।

‘टीओडी’का आधारमा बक्यौता गणना गर्न ऊर्जा मन्त्रालयले गठन गर्‍यो समिति गठन

ऊर्जा मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ।

एनपीएलको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

क्यानले जारी गरेको एनपीएलको खेलतालिकाअनुसार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्ने छन्।

मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन

आयोगले मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवतजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपांगमैत्री बनाउन निर्देशन दिएको छ।

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दूरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपक्षी आएका छन्।

प्रदूषणका कारण भारतको राजधानीमा विद्यालय बन्द

सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ।

भारतीय माछाका कारण नेपाली माछाले पाएन बजार

भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ।

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा १ हजारले बढेको छ। 

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डको फराकिलो जित

युरो २०२४ को उपविजेता इंग्ल्यान्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो। अब इंग्ल्यान्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन्।

कार्यकालको अन्त्यमा बाइडेनको ठूलो निर्णयः रुसमा लामो दुरीका मिसाइल आक्रमण गर्न युक्रेनलाई दिए अनुमति

अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा दुई महिनाअघि नै ठूलो निर्णय लिएका छन्।

पूर्वसभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिँदै

नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ।

पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।