AnonymousUser

Logout

जनशक्ति अभावले बन्द हुँदै घरेलु उद्योग

बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको पर्यटन तथा उद्योग कार्यालय प्रमुख पारसिंह थापा बताउँछन्।

भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

डढेलोको जोखिमका कारण अस्ट्रेलियाका शहरहरू खाली गर्न आदेश

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ।

स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन

उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ।

भारतको अस्पतालमा आगलागी: १० जना नवजात शिशुको मृत्यु, १६ गम्भीर

शुक्रबार राति करिब साढे १० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो।

राष्ट्रिय कर दिवस: उत्कृष्ट करदाता सम्मानित

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनीलाई सम्मान गरिएको छ। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। 

जलजलाबाट हिमाल हेर्दा…

जलजला म्याग्दीस्थित द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्छ। समुद्री सतहबाट तीन हजार ४२० मिटर उचाइमा रहेको यो क्षेत्र अहिले पर्यटकीय गन्तव्य बन्ने क्रममा छ। 

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा, १ जनाको मृत्यु

बुलिङटार गाउँपालिका–२ भाङबारीमा शुक्राबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा मृत्यु भएको हो।

गोरखामा मनाइयो जुनको उज्यालोमा मकै सुकाउने पर्व

कात्तिक शुक्ल पूर्णिमाको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली स्वस्थ र बलियो हुने धार्मिक विश्वासस छ।

‘नेपाल अझै पपुलिज्मको मार्गमा छैन’

पपुलिज्मको प्रमुख विशेषता हो– राष्ट्रको एकल पहिचान। ओली यस श्रेणीमा पर्छन् वा पर्दैनन् तपाईं आफै ठम्याउन सक्नुहुन्छ, तर प्रधानमन्त्री मोदी भने पक्कै यसमा पर्छन्।

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

आयल निगमले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको छ।

जुम्लासहितका जिल्लामा नेपालगन्जमा उत्पादित गँड्यौला मलको माग, ढुवानीमा समस्या

जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गँड्यौलाको मलको माग गरेको तर ढुवानीमा समस्या भएको नेपालगन्जस्थित ‘एभरेस्ट अर्ग्यानिक एग्रोफार्म’का सञ्चालक  वीरबहादुर हमाल बताउँछन्।

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतका कार्यालय स्थापना

स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्।

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ दिन ट्रम्पलाई हमास नेताको आग्रह

हमासका एक नेताले आफूहरू गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई यसका लागि ‘दबाब’ दिन आग्रह गरेका छन्।

एनपीएलका टोलीले यू१९ क्रिकेट खेलाडीलाई १० लाख दिने

एनपीएलमा आबद्ध टोलीहरूले संयुक्त रूपमा नेपाली यू१९ महिला क्रिकेट टोलीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

कृषि सामग्रीको गोदामबाटै मल चोरी, छानबिन गर्दै प्रहरी

कृषि सामग्री कम्पनीको गोदामको ‘भेन्टिलेटर’बाट मल चोरिएको यो घटना पहिलो हो कि कुनै सिलसिला हो, यसमा क–कसको संलग्नता छ लगायतका कोणबाट अनुसन्धान जारी रहेको पर्साका प्रजिअ गणेश अर्याल बताउँछन्।

हेटौँडा सिमेन्ट उद्योगको मर्मत गर्न अझै डेढ महिना लाग्ने

मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनः उत्पादन गर्न अझै डेढ महिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: खाँणका लागि सत्ता नै ‘दाहिना’, गाडी दुर्घटनाको त्रासदी

यो साता उकालोमा नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको मुद्दा पुनरावेदनमा नजाने महान्यायाधिवक्ताको निर्णय, टहराबाट टाढा सरकार, वनमन्त्रीलाई सात वटा सरकारी गाडीलगायतका खबर चर्चामा रहे।

अनुमति नलिई जंगली बँदेल पालेको आरोपमा २ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले जंगली बँदेल पालेको आरोपमा दुई जनालाई माडीबाट पक्राउ गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।