असोज दोस्रो साताको बाढी र पहिरोबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका थिए।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा छ।
काठमाडौँ महागरले जागरणसभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरी पत्र पठाएको छ।
अध्ययनमा पूर्वतयारीबिना योजना राख्दा काम हुन नसकेको, बजेटमै तोकिएका सुधारका कार्यक्रम कार्यान्वयन नभएको लगायतका कारण पुँजीगत खर्च बढाउन कठिन भएको औँल्याइएको छ।
सरकारले मंसिर १३ गते काठमाडौँमा हुने सीमा व्यापार तथा निगमका लागि नेपाल–चीन समन्वय संयन्त्रको दोस्रो बैठकको वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ।
प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा साइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सचेत गराएको छ।
यो साता उकालोमा अर्थतन्त्र शिथिल नै छ कि सुधारोन्मुख?, अमेरिकी राजनीतिमा ‘यहुदी लबी’, सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक सहितका खबर चर्चामा रहे।
रुसले उत्तर कोरियालाई युक्रेनविरुद्धको युद्धमा सेना पठाएको बदलामा तेल, एन्टी–एयर मिसाइलका साथै आर्थिक सहयोग प्रदान गरेको दक्षिण कोरियाली सरकारी अधिकारीले दाबी गरेका छन्।
सत्तारूढ दल एमालेले दरबारमार्ग क्षेत्रको सडक बन्द गरी आयोजना गरेको जागरणसभाका कारण सर्वसाधारणलाई आवतजावतमा सकस भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन प्रक्रिया अघि बढाएको छ।
दक्ष जनशक्ति नभएपछि चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आईसीयू सेट प्रयोगमा आउन सकेका छैनन्।
बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।
पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा बिहीबार बन्दुकधारीले गोली चलाएका हुन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ।
संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका पहिरोपीडितलाई आवास निर्माणको पाँच लाख ५० रुपैयाँ तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएको थियो। उनीहरूले हालसम्म ५० हजार रुपैयाँ मात्र भुक्तानी पाएका छन्।
अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले कार्यदल गठन गरेको छ।
सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ।
आईसीसीले युद्ध अपराधको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, पूर्वरक्षामन्त्री ग्यालान्ट र हमासका नेता डेफविरुद्ध पक्राउ पुर्जी जारेको छ।
‘अखबारमा लेख्ने एक हुल पत्रकारले शुरू गरेको फिल्म फेस्टिभल आज आएर विज्ञहरूसँग फिल्म मेकिङबारे जान्ने, बुझ्ने अवसर बनेको छ।’