AnonymousUser

Logout

कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय

सरकारी वकिल कार्यालयले कोशी प्रदेशका पूर्वमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ।

दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालसँग अफगानिस्तान १०८ रनले पराजित

नेपालले जितका लागि अफगानिस्तानसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर अफगानिस्तानले सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो। 

चीनको भ्रमणमा ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्रीको भनाइ

चीन भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौताको कार्यान्वयन, प्रसारण लाइन विस्तार, नेपाली उत्पादन निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने तयारी रहेको प्रधानमन्त्रीको भनाइ छ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को बिन्दुमा उक्लिएको छ भने ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

भन्सार महसुल दर घटेसँगै तोलामा झन्डै १६ हजारले सस्तियो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलाको एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू

३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि नेपालमा पनि शुरू भएको छ।

हिजबुल्लाहले इजरायलमा प्रहार गर्‍यो ३०० भन्दा धेरै मिसाइल र ड्रोन

युद्धविराममा मध्यस्थताको भूमिका निर्वाह गरेका वार्ताकारहरूले नयाँ आक्रमणले युद्धलाई रोक्नुको साटो झन् चर्काउने बताएका छन्।

इंग्लिस प्रिमयर लिग: शीर्ष स्थानको लिभरपुलसँग साउथह्याम्पटन पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ। लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे।

प्लास्टिकजन्य फोहोर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

फिलिपिन्सको ‘मनिला बे’ क्षेत्रमा आगलागी हुँदा २ हजार परिवार घरबारविहीन

फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा आइतबार भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन्।

बाजुरामा रूखले च्यापिएर १ जनाको मृत्यु, २ गम्भीर घाइते

युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मन्त्रिपरिषद्‌मा पेश भयो प्रहरी विधेयक

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकलाई अर्थ मन्त्रालय, कानून मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि मन्त्रिपरिषद्मा पेश गरेको छ।

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका छन्।

मृत्युपश्चात् मानव अंग दान गर्नेका परिवारलाई २ लाख

अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा स्वास्थ्य मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको छ।

पाकिस्तानको कुर्रममा साम्प्रदायिक झडप हुँदा ३ दिनमा ८२ जनाले गुमाए ज्यान

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक झडपमा परी कम्तीमा ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्।

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक १३ अंक घटेर २६६७ को बिन्दुमा सीमित भएको छ भने सात अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गरिँदै

एनडेकको निर्णयमा विशेष अनुदानअन्तर्गत सञ्चालन भएका आयोजना/कार्यक्रमलाई सन्तुलित विकास गर्न, विभेदमा परेका वर्ग वा समुदायको उत्थान एवं विकासमा योगदान दिने गरी मौजुदा कार्यविधिमा संशोधन गर्न भनिएको छ।

चिसो बढेसँगै जम्न थाले मनाङका नदी र ताल

मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडा अध्यक्ष सोनाम गुरुङको भनाइ छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।