दिउँसो कोशी र मधेश प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ।
वैशाख कृष्ण पक्ष औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गरेको छ।
शनिबार राति सेभिल्लामा भएको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले हराउँदै च्याम्पियन बनेको छ।
हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ।
सामुदायिक वनमा लागेको डढेलो फैलिँदा नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा क्षति पुगेको छ।
पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुर नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ।
इरानको बन्दरगाह शाहिद राजीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा ५०० जनाभन्दा बढी घाइते भएका छन्।
‘ट्र्याक’ खुलेको २७ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुन्डे सडक कालोपत्र गर्ने तयारी भएको छ।
भीमफेदी कारागारभित्र कोही कैदी–बन्दी गलैँचा बनाउन, कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त देखिन्छन्। कैदी–बन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन्।
कोशीमा पर्यटन वर्ष शुरूसँगै पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्।
ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध शुरू भएको छ।
गोरखा भूकम्पको केन्द्र बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटो राखिएका छन्।
गीतमा शब्द, संगीत र स्वर उनको आफ्नै रहेको छ। म्युजिक भिडिओमा समेत आफैले अभिनय गरेका छन्।
तत्कालका हकमा भुटानी शरणार्थीलाई शिविरमा बस्न दिनु उनीहरूको बाँच्न पाउने अधिकार भए पनि समस्या समाधानमा यो दिगो उपाय नभएको अधिकारकर्मीले बताएका छन्।
हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ।
ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरोमा आगलागी भएको घटना छानबिन गर्न ऊर्जा मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ।
बांग्लादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि भरतपुर अस्पतालले बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ।
लगानीको आवश्यकता र स्रोतको उपलब्धताबीचको कमी परिपूर्ति गर्न लगानीका नवीन स्रोत र उपायको आवश्यकताका आधारमा वैकल्पिक वित्तका स्रोत खोज्न विधेयक ल्याइएको अर्थ मन्त्रालयको भनाइ छ।