उपत्यकाभित्रका चिकित्सक दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। चिकित्सक संघको आह्वानले देशभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि आन्दोलनमा साथ दिएका छन्।
चैत २० गतेदेखि विभिन्न मागसहित शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक सडक आन्दोलनमा छन्।
कश्मीरमा भएको गोलीकाण्डलाई लिए एक–अर्काप्रति आक्रामक प्रतिक्रिया दिन थालेपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ।
मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गरेका हुन्।
सुनको मूल्य आज एक लाख ८९ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले अमेरिकाले उक्त रकमको हतियार प्याकेज प्रस्ताव गर्ने तयारी गरिरहेको जनाएको हो।
काठमाडाैँ उपत्यकाको तापक्रम निरन्तर बढीरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो।
माैसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा रहनेछ।
काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ।
काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ।
जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न उचित र आवश्यक निर्णय लिई ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सर्वोच्चले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ।
अमेरिकाबाट भुटान ‘डिपोर्ट’ भएर नेपाल आइपुगेका चार जनाको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘स्थानहद’ शब्दको अपव्याख्या गर्दै गैरकानूनी थुनामा राखिएको ठहर गरेको छ।
एक पुरुषमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाउँदै छानबिन थालेको जनाएको छ।
इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने भारतको प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ।
आपत्कालीन सेवाका अनुसार अस्पतालमा भर्ना भएका ४२ जनामध्ये ६ जना बालबालिका छन्। आक्रमणबाट राजधानीका पाँच जिल्लामा असर परेको छ भने प्रशासनिक भवनमा आगलागीसमेत भएको छ।
बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा कायम भएको छ भने सात अर्ब ८७ करोड बराबरको शेयर कारोबार भएको छ।
स्वास्थ्यमन्त्रीले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन्।
भारतले जलविद्युत् केन्द्रको नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन डेढ महिनादेखि रोकिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए।
बुधबार राति वर्षासँगै आएको पहिरोले खाँदबारी–किमाथांका खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।