अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो।
त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
उत्तर कोरियाले रुस-युक्रेन युद्धमा रुसको तर्फबाट लड्न आफ्नो सेना पठाएको कुरालाई पहिलो पटक स्वीकारेको हो।
रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आइतबार राति सम्पन्न खेलमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुलले चार खेलअघि उपाधि हात पारेको हो।
भारतको जम्मु-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।
देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तत्परतामाथि शंका व्यक्त गरेपछि रुसले युक्रेनमा व्यापक ड्रोन आक्रमण गरेको छ।
म्याद थप्न सरकारी वकिल कार्यालय पुर्याएका बेला मानव बेचबिखनको आरोपमा पक्राउ एक महिला फरार भएकी छन्।
लगानी बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाकालाई स्वीकृत गरेको छ।
शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएको प्रहरीले जनाएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
‘अमरपोस्टिया स्टिपाटिका’ नामक यो च्याउको गुणबारे हालै अनुसन्धान गरिएको हो। यसलाई काठेढुसी पनि भनिन्छ। रोचक कुरा त के भने यति तीतो भएर पनि यो च्याउ विषाक्त भने छैन।
क्यानडाको भ्यानकुभरमा सडक उत्सव मनाउन जम्मा भएको भीडमा कार जोतिँदा ९ जनाको मृत्यु भएको छ।
दिगो विकासका लक्ष्य हासिल गर्न आवश्यक मार्गदर्शन नीति तथा कार्यक्रममा समावेश गर्न तथा जलवायु परिवर्तनका असरलाई मध्यनजर गरी योजना निर्माण तथा कार्यक्रम सञ्चालन गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ।
आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० को विन्दुमा कायम भएको छ।
पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २ अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ। एमसीए नेपालले २ अर्ब रुपैयाँ बराबर बजेट फिर्ता गरेको छ।
प्रदर्शनमा उत्रिएका शिक्षकलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो।
संयुक्त राष्ट्रसंघले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।
पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गरिरहेको छ।