स्थानीय उपभोक्ता समितिमार्फत च्यांग्रा फार्म नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।
भारतले नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। अब भारत–पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।
मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादलाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो। हैदरावादको भने यो छैटाैँ हार हो।
आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
कोशी र गण्डकी प्रदेशको पहाडी भेगका साथै कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका हिमाली क्षेत्रमा हिमपात पनि हुनसक्ने माैसम पूर्वानुमान गरिएको छ।
जारी नेपाल सुपर लिगका लागि विशेष अतिथिको रूपमा नेपाल आएका फुटबलर कार्लोसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर खेलाडीको हाैसला बढाएका छन्।
तीनकुने घटनामा मृत्यु भएका सविन महर्जन तथा पत्रकार सुरेश रजकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउनेबाहेक यस्ता छन् गत सोमबारको मन्त्रिपरिषद्का निर्णय।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पाैडेलले बुधबार रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्।
तामाङले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए।
प्रधानमन्त्री ओलीले पन्तलाई नयाँ शिक्षामन्त्री बनाउने निर्णय गरेको उनका सञ्चारविज्ञ रामशरण बजगाईंले बताए।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ।
पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयरबजार परिसूचक नेप्सेले बुधबार पनि त्यही क्रमलाई निरन्तरता दिएको छ।
निजामतीमा रहेका कर्मचारी सेवाबाट बाहिरिएको कति समयपछि संवैधानिक आयोग वा अरु कुनै सार्वजनिक पदमा नियुक्ति गर्ने भन्ने सन्दर्भमा समितिमा मतैक्यता हुन नसकेपछि आज अरु विषय अघि बढ्न सकेन।
प्रधानमन्त्री ओलीले कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे।
स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ।
आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका छन्। त्यसपछि धेरै क्षेत्रमा आगलागी भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
पशु सेवा विज्ञ केन्द्रका अनुसार लमजुङका विभिन्न गाउँमा सानाठूला गरेर ३०० भन्दा बढी घुम्ती भेडीगोठ रहेका छन्।
छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँ थियो।
लगातारको वर्षाका कारण बुधबार बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
नेपालगन्जमा ४२, सिमरामा ४१ तथा दीपायल र विराटनगरमा ४० डिग्रीसम्म तापक्रम पुग्ने महाशाखाको अनुमान छ। सबैभन्दा कम जुम्लामा ६ डिग्री हुनेछ।