समितिले फलाम, तामालगायतका धातुजन्य उद्योग, जुट तथा कपडा उद्योग, खनिज तथा पेट्रोलियम पदार्थमा आधारित उद्योग र प्रांगारिक मल उद्योग सञ्चालन गर्न प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ।
पहिलो पटक सन् २०२४ मार्चमा १५ करोड डलरमा बिक्रीको लागि राखिएको थियो, तर त्यसपछिका तीन लिलामीहरूमा भने क्रमशः मूल्य घटाइएको थियो।
बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। विरोधपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।
फुल्दै गरेका स्याउ बोटमा वर्षाले असर पुर्याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ। तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ।
१४ वर्षीय वैभवले ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी र सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन्।
लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलित, अपांगता मैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ।
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरेका छन्।
विद्युत् आपूर्तिमा आएको समस्याका कारण रेल सेवा अवरुद्ध भएका छ भने मानिसहरू लिफ्टमा फस्नुका साथै मोबाइल तथा इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको छ।
सीआईबीले १७ अर्ब ८६ करोड रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।
इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता, भ्रष्टाचारसम्बन्धी गुनासाबारे अध्ययन गर्न गठित राजेन्द्रप्रसाद लिङ्देन संयोजकत्वको उपसमितिले सोमबार प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापतिलाई बुझाएको छ।
चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक एमबीबीएस तथा बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित कार्यदलको प्रतिवेदन स्वीकार गरेको छ।
सांसदले नेपालको आकाश किन असुरक्षित भन्नेबारे अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी विधेयकलाई अन्तिम रूप दिनुपर्ने बताएका छन्।
सोमबार नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा कायम भएको छ।
क्षमताभन्दा बढी व्यक्तिको ओहोरदोहोर र मोटरसाइकल कुदाउँदा झोलुंगे पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए।
काठमाडौँ महानगरले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिरहेको छ।
संखुवासभाको मकालु गाउँपालिका–३ कालोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्।
विद्यालय शिक्षा ऐन दिएर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो।