AnonymousUser

Logout

डोटीमा मिनीट्रक दुर्घटना, ३ जनाको मृत्यु

धनगढीबाट खाद्यान्न लिएर बझाङतर्फ गइरहेको मिनीट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको छ।

जम्मु-कश्मीर आक्रमण: १ नेपालीसहित २८ जनाको मृत्यु, मोदीले साउदी भ्रमण छोट्याए

आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। 

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन विस्तार सम्झौता

प्रसारण लाइनमध्ये इनरुवा–न्यू पूर्णियाको लम्बाई नेपालतर्फ करिब २५  किलोमिटर र भारततर्फ १०० किलोमिटर रहेको छ। दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ।

जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणबाट २४ पर्यटकको मृत्यु

भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २४ पर्यटक मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन्।

सर्‍यो कक्षा १२ को परीक्षा, वैशाख २१ बाट शुरू हुने

राष्ट्रिय परीक्षा बोर्ड‍का अध्यक्ष डा. महाश्रम शर्माले अहिलेको परिस्थिति हेरेर वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गते सारिएको बताए।

चाबी बोकेर काठमाडौँ आउन विद्यालय कर्मचारीलाई परिषद्को निर्देशन

सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाई निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई काठमाडौँको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ।

अनुदानको आस नगरी व्यावसायिक तरकारीखेतीमा तल्लीन मीना

जब मीनाले तरकारीखेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरूले उनकै सिको गर्न थाले। महिलाहरूले पनि केही न केही पेसा/व्यवसाय गरे श्रीमान‍्को कमाइमा निर्भर हुनु नपर्ने उनी बताउँछिन्।

५ वर्ष सेवा गरेकालाई १ तह, १० वर्षमाथि गरेकालाई १ श्रेणी वृद्धि गर्न ट्रेड युनियनको सुझाव

विधेयकमा अस्थायी र करारमा काम गरेका कर्मचारीलाई एकपटक प्रतिस्पर्धाका लागि उमेरहद नलाग्ने गरी अवसर प्रदान गरिनुपर्ने तथा त्यसमा सफल नभएकालाई उपदानको व्यवस्था गर्न पनि ट्रेड युनियन सुझाव छ।

३ छोराछोरीको मृत्यु, आमा सिकिस्त

तीनै बालबालिकाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाए छ। 

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

रवि लामिछानेका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको स्पष्टोक्ति

प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीबाट विद्या भट्टराईले आफूसँग असहमतिका कारणले नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन्।

लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक, ८ अर्ब ३२ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ को बिन्दुमा कायम भएको छ भने आठ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

सुख्खा पहिरो खस्दा दाउन्नेमा सवारी आवागमन अवरुद्ध 

सुख्खा पहिरोका कारण यातायात अवरुद्ध हुँदा अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन्।

भारतका विद्युत्‌मन्त्री खट्टर काठमाडौँमा

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको हस्ताक्षर कार्यक्रममा मन्त्री खट्टर सहभागी हुनेछन्।

बाबुआमाले लछारपछार गर्दा नवलपरासीमा ४ महिने शिशुको मृत्यु

शिशुको हत्या आरोपमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एकैदिन तोलामा ६ हजार ९०० ले बढ्यो सुन

नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आवश्यक सबै तयारी भइसकेकाले परीक्षा नरोक्ने र तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्।

कर्णालीको शिक्षा रूपान्तरणको माग गर्दै सम्पन्न भयो एजुकेसन एक्स्पो

सुर्खेतमा तीन दिनसम्म चलेको एक्स्पोले शिक्षा प्रणालीमा आमूल परिवर्तनको अभियानलाई सार्वजनिक बहसको विषय बनाउनुपर्नेमा जोड दिएको छ।

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ

पर्यटकको संख्या बढेसँगै होटलमा बास पाउनसमेत मुस्किल भएको छ। खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका छन्।