AnonymousUser

Logout

कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ: बोर्ड

परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम 

देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

कटारीमा सवारी दुर्घटना हुँदा दमक नगरका कानून अधिकृतको मृत्यु, ६ जना घाइते

उदयपुरको कटारीमा सवारी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृतको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

इस्तानबुलमा मे दिवसको प्रदर्शन रोक्ने क्रममा ४०० जना पक्राउ

मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले इस्तानबुलबाट बिहीबार ४०० भन्दा बढी मानिसलाई पक्राउ गरेको छ।

अभिले झुमालाई भने– तिमी अद्वितीय गाउँछौ! (भिडियोसहित)

गायिका झुमा लिम्बूसँगको अन्तरसंवादमा लेखक सुवेदीले लोकगीतमा रहने सरलताको शक्ति र हास्यव्यंग्य चेतलाई अरू गीतले जित्न नसक्ने बताएका छन्।

शुरू भयो रातो मत्स्येन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू भएको छ। पहिलो दिन ललितपुरको पुल्चोकबाट मत्स्येन्द्रनाथको रथलाई तानेर गाःबहाल पुर्‍याइएको छ।

सामाजिक सञ्जाल नियमन पारदर्शी र अधिकारमैत्री बनाउन ३१ संघसंस्थाको आग्रह

३१ वटा संघसंस्थाका प्रतिनिधिले सरकारलाई डिजिटल प्लेटफर्मसँग लोकतान्त्रिक संवाद गर्न, पारदर्शिता अपनाउन र मानव अधिकारमैत्री नीति तथा नियमनको निर्माणमा सहकार्य गर्न अपिल गरेका छन्।

संक्रमणकालीन आयोगमा सिफारिस छोटो सूचीप्रति द्वन्द्वपीडित समुदायको आपत्ति, स्वायत्त समिति गठनको माग

उनीहरूले पीडितलाई थप पीडा र निराश पार्ने देखावटी प्रक्रिया अपनाइए पीडित समुदायकै अगुवाइमा समानान्तर नागरिक आयोग बनाई सत्य अन्वेषण गरी पीडकको नाम सार्वजनिक गर्न बाध्य हुनेसमेत चेतावनी दिएका छन्।

कैलालीमा घट्यो गहुँ उत्पादन

यस वर्ष ३२ हजार ८४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १२ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष एक लाख १४ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो।

कडा श्रम, न्यून ज्याला [तस्वीरहरू]

न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषले समेट्न सकेका छैनन्।

कोशीमा लगानी सम्मेलन शुरू हुँदै, उत्साहित छन् व्यवसायी

प्रदेश सरकारले लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७१ वटा परियोजना सोकेसिङ गर्ने तयारी गरेको छ।

च्याम्पियन्स लिग: बार्सिलोना र इन्टरको बराबरी

बार्सिलोना ओलम्पिक स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेग ३-३ को बराबरीमा सकिएको हो।

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य 

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।

शिक्षक र सरकारबीच भयो ९ बुँदे सहमति, आन्दोलन रोकिने

विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्नेबारे पनि सरकारले प्रतिबद्धता जनाएको छ। तर तोकिएको समयमा ऐन जारी नभए अहिलेकोभन्दा झन् कडा आन्दोलन गर्ने शिक्षक महासंघको भनाइ छ।

कांग्रेसका खमबहादुर गर्बुजा बने ऊर्जा राज्यमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

अमेरिकी अर्थतन्त्रमा संकुचन

सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च)मा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्यांकले देखाएको छ।

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी  आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे।

कारागारबाट रिहा भए रेशम चौधरी

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ परेका थिए।

कंगअजिमा मन्दिर परिसरबाट संकटाको मूर्ति चोरी

काठमाडौँको 'कोर' बस्तीबाटै पछिल्लो पटक फरक-फरक समयमा दुई वटा मूर्ति चोरी भएका छन्।