AnonymousUser

Logout

नेपालमा बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७३ घटना

सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणापत्र जारी गरेको थियो।

भारतको गोवास्थित मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

आगो बाल्नका लागि हजारौँ मानिस भेला भएको बेला भएको घटनामा कम्तीमा ८० जना घाइते भएको र उनीहरूको उपचार भइरहेको गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले बताएका छन्।

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रहरीले अहिलेसम्मको अनुसन्धानमा मृतकले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको र परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको नेपाली दूतावासले जनाएको छ।

‘धराप’ बने काठमाडौँका फुटपाथ [तस्वीरहरू]

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।

कोशीमा लगानी सम्मेलन: १ खर्ब ५२ अर्बको सम्झौता

शुक्रबार सकिएको सम्मेलनमा निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ।

महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

तथ्यांक सुरक्षालाई लिएर ईयूमा टिकटकलाई ५३ करोड युरो जरिबाना

युरोपेलीहरूको व्यक्तिगत तथ्यांक चिनियाँ अधिकारीको पहुँचमुक्त रहेको भनी सुनिश्चितता गर्न नसकेको आरोपमा ईयूको तथ्यांक सुरक्षा अनुगमन संस्थाले टिकटकलाई ५३ करोड युरो जरिबानाको घोषणा गरेको छ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल ६ दिनसम्म चल्ने

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ। 

नीति तथा कार्यक्रम : खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी, नेप्सेको पुनर्संरचना

सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरी उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्द्रित गर्ने, अनावश्यक सार्वजनिक संरचना खारेज, गाभ्ने या पुनर्संरचना गर्नेलगायतका विषय नीति तथा कार्यक्रममा समेटिएका छन्।

सम्पत्ति शुद्धीकरण निवारण मामिलाका सबै मापदण्ड २ वर्षभित्र पूरा गर्ने सरकारको लक्ष्य

सरकारको वार्षिक नीति तथा कार्यक्रमले मुलुकलाई दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामलाका सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने लक्ष्य राखेको छ।

यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रममा शिक्षा ऐन चालू अधिवेशनबाटै, विद्युत‍् अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालक्षित स्टार्टअप प्रवर्द्धनसहितका विषय समेटिएका छन्।

सरकारले डिजिटल बैंक स्थापना गर्ने

सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गर्ने भएको छ।

रुग्ण र समस्याग्रस्त आयोजनामा कटौती, नतिजा दिन नसक्ने संस्था खारेज

विकास कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका सरकारबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गरिने पनि सरकारको नीति तथा कार्यक्रममा जनाइएको छ। 

भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनः प्राथमिकीकरण गरिने

सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गर्ने भएको छ।

तामाकोशीको कटानले देवीटार बजार जोखिममा 

तामाकोशी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्म कटान गरिरहेको छ।

कालीगण्डकीमा पुल नहुँदा फट्केबाट जोखिमपूर्ण यात्रा

कालीगण्डकीमा पुल नहुँदा थासाङ गाउँपालिका–२ सौरु र सिरकुङ गाउँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनीहरूलाई स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पुर्‍याउन समस्या छ।

वन श्रमिकका समस्या: न बीमा न सुरक्षा

वन क्षेत्रमा कार्यरत हजारौँ श्रमिक ज्यान जोखिममा राखेर दैनिक जोखिमपूर्ण वातावरणमा काम गर्ने भएकाले उनीहरूलाई राज्यले बीमाको व्यवस्था गरिदिनुपर्ने भन्दै माग गरिएको हो। 

शुरू भयो मेरो भ्वाइस युनिभर्सको फाइनल राउन्ड 

मेरो भ्वाइस युनिभर्समा विश्वका २३ देशका नेपाली गायक गायिकाले फाइनल प्रतिस्पर्धा गर्दैछन्। नेपालसमेत विश्वका १३ मुलुकमा अडिसन गरिएको थियो।

सकियो दोस्रो शिकारयामः ११ नाउर र सात झारलको शिकार

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते शिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गर्ने अनुमति दिएको थियो।