अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर बनेका सबै चलचित्रलाई शतप्रतिशत कर लगाउने प्रक्रिया शीघ्र शुरू गर्न वाणिज्य मन्त्रालयलाई आदेश दिएका छन्।
बुटवलको कालिकापथमा मोटरसाइकल हाइटेन्सन लाइनको पोलमा ठक्किँदा एक जनाको मृत्यु भएको छ।
धरानबाट भोजपुरतर्फ आउँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
सत्तारुढ एमाले सांसद सूर्यबहादुर थापा र प्रतिपक्षी माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीबीच भ्रष्टाचार निवारण र सुशासन कायममा अघिल्लो र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर सदनमा घोचपेच चलेको छ।
काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको हो।
भारतको उडिसा राज्यस्थित केआईआईटीमा अध्ययनरत छात्रा प्रिसा साहको शंकास्पद मृत्युबारे छानबिनका लागि पहल गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ।
पोर्चुगलमा एक लाखको हाराहारीमा नेपाली छन्। अन्य युरोपेली देशभन्दा आप्रवाशन खुकुलो गरेकाले पोर्चुगलमा आप्रवासन एउटा ठूलो समस्या बनेको छ।
दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निर्माणका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा करिब ११ वर्ष मलेसिया र दुबईमा बिताएका बोमबहादुर गाउँ फर्केर गाईपालनमा लागेका हुन्।
ला लिगामा किलियन एमबाप्पेले दुई गर्दै रियल मड्रिडलाई आइतबार सेल्टा भिगोविरुद्ध ३–२ को जित दिलाएका छन्।
सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब सुपर किंग्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले जीवा लामिछानेद्वारा लिखित नियात्रा ‘अक्षत अन्टार्कटिका’लाई ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
रौतहटको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ।
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई प्रिन्टिङ उपकरण खरिदमा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको छ।
युवा प्रतिनिधि र कार्यकारी हैसियतका महामन्त्रीसमेतले पार्टी तथा सरकारको विकृति तथा बेतिथिमाथि बोल्न छाडेकोमा दुःख लागेर विज्ञप्ति जारी गरेको नेता उपाध्यायको भनाइ छ।
चट्याङ लागेर कञ्चनपुरमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।
लन्डनमा आतंकवादविरोधी दुई छुट्टाछुट्टै कारबाहीमा सात इरानी नागरिकसहित आठ जना पक्राउ परेका छन्।