अख्तियारले नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध एक करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ।
बागमती खोलामा बनाइएको डाइभर्सन मर्मत गरेर हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा आइतबार दिउँसोदेखि सवारी आवागमन सुचारु भएको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार र विकासका लागि दलित विकास प्राधिकरण गठन गरी प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई सुझाव दिएको छ।
क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको बेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन केही समयपछि पुनः शुरू भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ।
शनिबार बिहान १० बजे शुरू भएको मुइज्जुको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको थियो।
खोज पत्रकारिताको माध्यमबाट समाज परिवर्तनको दिशामा योगदान दिएको भन्दै अमेरिकाको टेक्ससस्थित हेम–सरिता पाठक फाउन्डेसनले दाहालद्वयलाई जनही १ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार २४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्किने गरी डाइभर्सन गरिएको छ।
परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ।
बाढीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन्। टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक भने स्थान बनाउन सकेनन्।
वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन्।
सरकार र आवासीय चिकित्सकबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन पानी पार्ने बादल कायम रहने भएकाले सावधानी अपनाउन अनुरोध गरे।
नागढुंगा–पिप्लामोड सडक निर्माण तथा मर्मत गर्न नागढुंगा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन क्षमता बढाउन ४०० भन्दा बढी अस्थायी दरबन्दी थप गर्ने भएको छ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ सार्वजनिक भएको छ।
अस्ट्रेलियाको आम निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टी विजयी भएको छ।
पाकिस्तानी र भारतीय सेनाबीच द्वन्द्व बढ्ने त्रासका कारण भारतीय सीमा क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिएको छ।
महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ।