पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन्।
सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ। करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरै छ।
इजरायली सैन्य आक्रमण शुरू भएयता गाजापट्टिमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीले बताएका छन्।
सत्तारुढ दल नेकपा एमालेको धनुषा अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा केही नेता कार्यकर्ता घाइते भएका छन्।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको मंगलबार अपराह्न उपचारका क्रममा निधन भएको छ।
मानव अधिकार तथा नागरिक समाजमा आबद्ध १० संस्थाले द्वन्द्वपीडित समुदायको गम्भीर सरोकारलाई तत्काल सम्बोधन गर्ने गरी पदाधिकारी छनोट प्रक्रियालाई विश्वसनीय बनाउन माग गरेका छन्।
मंगलबार नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा कायम भएको छ भने साढे आठ अर्ब माथिको शेयर कारोबार भएको छ।
चीनको बेइजिङस्थित नेपाली दूतावासमा डेढ वर्षयता रिक्त रहेको ‘इकोनमिक मिनिस्टर’ पदमा सहसचिव पार्वती अर्याल पदस्थापन भएकी छिन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल चलिरहँदा कुर्सी खाली राखेर अधिकांश सांसद बाहिरिएका छन्।
विपद् पूर्वतयारी र प्रतिकार्य, निर्माणाधीन र स्तरोन्नतिको चरणमा रहेका राजमार्गको यथाशीघ्र निर्माणसम्पन्न, मौलिक हकको कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानाकर्षण गरेका थिए।
बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेका थिए।
विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।
जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुंगा र पहरे जोड्ने झोलुंगे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले वर्षात्को समयमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।
देशका पहाडी भागका केही तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि पाँच वर्षमुनिको मृत्युदर २० प्रतिहजार जीवित जन्मभन्दा कममा झार्ने लक्ष्य रहेको छ।
मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको भएको र शव हेलिकप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
कीर्तिपुरस्थित क्रिकेट रंगशालामा प्यारापिट र फ्लडलाइट जडान तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीले आइतबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर सोधपुछ गरेका छन्।
तनहुँका स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवासुविधा प्रदान गर्ने उद्देश्यसहित वडाको सेवा केन्द्र विस्तार गरिरहेका छन्।
आइतबार गैँडाकोट नगरपालिका–३ स्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार नेप्से परिसूचक ९.९८ अंकले घटेर २६१०.४० को विन्दुमा कायम भएको छ।