AnonymousUser

Logout

थाइल्यान्ड-कम्बोडियाको विवादित सीमा क्षेत्रमा सेनासँग झडप हुँदा १२ जनाको मृत्यु

थाइल्यान्ड र कम्बोडियाको विवादित सीमा क्षेत्रमा भएको झडपमा ११ जना सर्वसाधारण र एक जना सैन्य कर्मचारी गरी १२ जनाको मृत्यु भएको थाई अधिकारीहरूले बताएका छन्।

नेप्से परिसूचकमा सामान्य अंकको सुधार, १८ अर्बभन्दा बढीको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ को बिन्दुमा कायम भएको हो।

बाजुरा जिप दुर्घटना: घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।

सुरक्षित तथा आत्मनिर्भर हवाई क्षेत्रका लागि स्पष्ट नीति र संरचना आवश्यक: सांसद

हवाई सेवा प्राधिकरण विधेयकमाथिको छलफलका क्रममा सांसदले सुरक्षित, प्रभावकारी र आत्मनिर्भर हवाई क्षेत्र निर्माणका लागि स्पष्ट नीति र संरचनाको आवश्यकतामा जोड दिएका छन्।

‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक

‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान

अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभइ अनिवार्य रूपमा आफ्नै गोठमा हुर्काएको हुनुपर्ने छ।

भक्तपुरमा दिदीबहिनी मृतावस्थामा फेला

सुर्खेत घर भइ भक्तपुरमा डेरा गरी बस्ने १७ र १५ वर्षका ती दिदीबहिनी घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

थाइल्यान्ड–कम्बोडिया सीमा विवाद चर्किँदै, दुवै देशले फिर्ता बोलाए राजदूत

दुवै पक्षले आपसी सहमतिको बाबजुद सीमामा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप एकअर्कामाथि लगाइरहेका छन्।

चितवन राष्ट्रिय निकुन्ज: वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा

विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले  प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन्।

पक्राउ परेका व्यक्तिको तस्वीर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

प्रहरीले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको तस्वीर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ।

पृथ्वी राजमार्ग विस्तारपछि बढ्यो दुर्घटना, १ वर्षमा ६२ जनाको मृत्यु

जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्दले सडक विस्तारपछि यात्रा सहज भए पनि दुर्घटना बढ्नुको मुख्य कारण सडकका घुम्ती र स्ट्रेट रोडबारे यात्रुहरू जानकार नहुनु रहेको बताए।

रौतहटमा सिँचाइ गर्दा करेन्ट लागेर २ किसानको मृत्यु

रौतहटमा विद्युतीय मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ।

नेप्से परिसूचक ५.१७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को बिन्दुमा कायम भएको हो।

मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेशको कुल खेती हुने क्षेत्रफलमध्ये ४६ प्रतिशत जमिनमा मात्र रोपाइ हुन सकेको छ।

तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना

सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने गरेको नेपाल प्रहरीको पछिल्लो विश्लेषणले देखाएको छ।

केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै

नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ।

अन्तर्वार्ता

सरकारी जग्गा कब्जाबारे टीकापुरका मेयर– ‘हामी मात्र सक्दैनौँ, संघबाटै हस्तक्षेप जरुरी छ’

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारूले क्याम्पसको नाममा रहेको सरकारी जग्गा कब्जा गरी बसेका अव्यवस्थित बसोबासीलाई हटाएर जग्गा खालि गर्ने काम आफ्नो तहबाट सम्भव नभएको भन्दै संघलाई गुहारेका छन्।

युनेस्कोबाट बाहिरियो अमेरिका

अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ।