लागुऔषध नियन्त्रण ब्युरोले लाओसबाट बैंकक हुँदै नेपाल ल्याइएको लागुऔषध सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
मंगलबार नेप्से परिसूचक ४१.७८ अंक अर्थात् १.४५ प्रतिशतले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ।
लगातारको वर्षाका कारण पहिरो गएर गुल्मी र पाल्पाका प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।
अस्ट्रेलियामा हुने श्रृंखलाका लागि बांग्लादेश ‘ए’ को कप्तानको जिम्मेवारी टेस्ट र ओडीआईका अनुभवी नरुल हसन सोहनलाई दिइएको छ। नेपाल र बांग्लादेश ‘ए’ बीच साउन ३१ गते खेल हुनेछ।
‘विपिन जोशीको सरोकारमा जोडिएर आगामी साता विपिनकी आमा र बहिनी इजरायल आउँदै हुनुहुन्छ। उहाँहरूलाई यहाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गराउने पहल भइरहेको छ।’
छानबिन समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर तयार पारेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ। प्रतिवेदन मंगलबारको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी छ।
दिउँसो देशभर अधिकांश बदली रहने छ। कोशी र मधेशका केही तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आगामी २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
प्रदर्शनकारीहरूले अमेरिकाले भन्सारलाई राजनीतिक दबाबको साधन बनाएर ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।
स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रूपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो।
दुर्घटनामा घाइते भएका ट्रकका सहचालकलाई जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।
उच्च अदालत, पाटनले तीनकुने घटना र बैंकिङ कसुरसम्बन्धी मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।
लेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ।
कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।
८० वर्षअघि हिरोशिमामा खसालिएको आणविक बमबाट बाँचेका कोरियालीहरू अहिले पनि शारीरिक, मानसिक र सामाजिक रूपमा पीडामा छन्।
सोमबार नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ को बिन्दुमा कायम भएको छ।
माओवादी केन्द्रको स्थायी समितिको बैठकले समसामयिक राजनीतिक विषयमा २६बुँदे प्रस्ताव पारित गरेको छ।
वर्षाले मुगुको छायानाथ रारा नगरपालिका-१० मा नौ घर भत्किँएका छन्। पीडितले अहिलेसम्म कुनै पनि सरकारी निकायबाट राहत नपाएको गुनासो गरेका छन्।
लामो खडेरीपछि वर्षा भएसँगै धान रोपाइँमा जुटेका मधेशका किसानलाई मलको अभाव भएपछि प्रतिनिधिसभाका सांसदहरूले तत्काल मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनी वर्षाका कारण हालसम्म २९९ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।