AnonymousUser

Logout

मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

खडेरीबाट प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरीका १० वटा पालिकामा लागू हुने उक्त कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुने मधेश प्रदेशका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

रुसले उत्तर कोरियासँग शुरू गर्‍यो सिधा हवाई उडान

रुसको नर्डविन्ड एयरलाइन्सले आइतबारदेखि मस्को–प्योङयाङ सिधा व्यावसायिक हवाई उडान शुरू गरेको छ।

मकवानपुरमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पोखरामा विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

पक्राउ पर्नेहरूमा दुई जना मनी एक्सचेन्ज सञ्चालक र एक जना रेस्टुरेन्ट व्यवसायी रहेका छन्। उनीहरू वर्षौंदेखि बिनाअनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

वीरगन्जमा दमकलको सहायताले पानी बाँड्दै सेना (तस्वीर)

खानेपानीको चरम अभाव देखिएपछि वीरगन्जमा नेपाली सेनाले दमकलको सहायताले पानी वितरण गरिरहेको छ।

राष्ट्रियसभामा खडेरी प्रभावित किसानलाई राहत र अख्तियार प्रमुखमाथि महाभियोगको माग

राष्ट्रियसभामा सांसदले खडेरीका कारण प्रभावित किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, बैठकमा अख्तियारका प्रमुखमाथि महाभियोग लगाउनुपर्ने मागसमेत उठेको छ।

नेप्से परिसूचक १८ अंकले घट्दा साढे २६ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० मा पुगे पनि २६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो, जुन पछिल्लो ११ महिनाकै उच्च हो।

भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

हरिद्वारस्थित मनसा देवी मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

ई-पासपोर्ट छपाइको टुंगो नलाग्दै बर्लिन पुगेर परराष्ट्रमन्त्रीबाट सहयोग माग

परराष्ट्रमन्त्री डा. राणाले जर्मन समकक्षी डा. जोहान वेडफुलसँगको भेटवार्तामा ई–पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान भएर प्रक्रिया अघि बढिसकेको र प्रतिस्पर्धामा जर्मन कम्पनी छनोट भएमा सहयोग गर्न अनुरोध गरेकी थिइन्।

ताप्लेजुङमा जिप दुर्घटना: १ जनाको मृत्यु,  १ घाइते

सदरमुकाम फुङलिङबाट सिरिजंघा गाउँपालिकाको भन्ज्याङतर्फ जाने क्रममा आइतबार बिहान जिप दुर्घटनामा परेको हो।

राज्यका सबै तहमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्न महिलावादी मञ्चको माग

मञ्चले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै राज्यका सबै निकायमा महिलाको समानुपातिक र समावेशी सहभागिता सुनिश्चित गर्न माग गरेको छ।

देशभर मनसुनी वायुको प्रभाव कमजोर

दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

चितवनमा आइतबार ६ घण्टा विद्युत् कटौती

नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले आइतबार विभिन्न फिडरहरूमा विद्युत् कटौती (लोडसेडिङ) गर्ने तालिका सार्वजनिक गरेको छ।

पर्सामा डिपबोरिङ खन्दा विपद् व्यवस्थापन समितिको अनुमति लिनुपर्ने

पर्सामा डिपबोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएर अनुमतिसहित सिफारिस लिनुपर्ने भएको छ।

ट्रम्प प्रशासनको कटौतीले २० प्रतिशत कर्मचारी गुमाउँदै नासा

चन्द्रमा र मंगल अभियानलाई प्राथमिकता दिइरहेको नासाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय श्रमशक्ति कटौती नीतिका कारण करिब ३ हजार ९०० कर्मचारी गुमाउने भएको छ।

सिरहामा गोली प्रहार गरी लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सिरहामा प्रहरीले जाँचका लागि रोक्न खोज्दा भाग्ने प्रयास गरेका एक भारतीय नागरिकलाई गोली प्रहार गरी ५० ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको छ।

ललितपुर र काठमाडौँमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

प्यालेस्टाइनलाई मान्यता दिने फ्रान्सको एकल निर्णयको बहुपक्षीय प्रभाव, के बदलिन्छ विश्व राजनीति?

फ्रान्सले युद्ध अन्त्य गराउने प्रत्यक्ष भूमिका नभए तापनि, युद्धपछिको स्थायित्व र शान्ति सुनिश्चित गर्न साउदी अरेबियासँग सहकार्यको नीति लिएको छ।

काभ्रेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु, ५ घाइते

काभ्रेमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ भने नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुखसहित अन्य केही व्यक्ति घाइते भएका छन्।

मधेशमा खडेरी: धान खेतमा चिरा, किसानमा निराशा (तस्वीरहरू)

पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेका छन् भने बोरिङको पानीले रोपाइँ गरेका खेतमा पनि धाँजा फाट्न थालेको छ।