AnonymousUser

Logout

सिरहामा ८० वर्षीय वृद्धको हत्या

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद वा पुरानो झगडाको आशंका गरिएको प्रहरीले जनाएको छ।

चाँगुनारायणमा ३१ हजार विदेशी पर्यटक, १ करोड १९ लाख राजस्व संकलन

चाँगुनारायण मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकसँग प्रतिव्यक्ति ३०० र अन्य राष्ट्रबाट आएका पर्यटकसँग प्रतिव्यक्ति ४०० रुपैयाँका दरले शुल्क लिने गरिएको छ।

रुसमा ८.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थानका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा १८.२ किलोमिटर गहिराइमा भूकम्प गएको छ।

ल्हेन्दे खोलामा बाढी, टिमुरे भन्सारको धर्मकाँटा बगायो

प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका त्रिशुली र भोटेकोशी नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

पहाडी भूभागका धेरै तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

ट्रम्पले युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि भएको रुसी आक्रमणमा २५ युक्रेनीको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि रुसले गरेको हवाई आक्रमणमा एक गर्भवती महिला र १६ जना कैदीसहित २५ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा दायर

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)विरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दा दायर भएको छ।

न्युयोर्कस्थित एक भवनमा गोली चल्दा बन्दुकधारीसहित ५ जनाको मृत्यु

न्यूयोर्कको एक भवनमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ भने बन्दुकधारीले पनि आफ्नै ज्यान लिएका छन्

चितवन र झापामा करेन्ट लागेर २ जनाको मृत्यु

चितवन र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।‍​​​​​​​

नेप्से परिसूचक ३ हजार बिन्दुमाथि उक्लियो, साढे १८ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ।

चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव, २२ लाख तिर्न बाँकी

बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघको संख्या बढ्दै जाने हुँदा समस्या झन् जटिल बन्दै गएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

झारखण्डमा तीर्थयात्री सवार बस ग्यास सिलिन्डर बोकेको ट्रकसँग ठोक्किँदा १८ जनाको मृत्यु

भारतको झारखण्डमा तीर्थयात्री बोकेको एउटा बस ग्यास सिलिन्डर बोकेको ट्रकसँग ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।

नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो

पछिल्लो ६ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता हुने क्रम घट्दै गएको छ भने बन्द हुने क्रम बढ्दै गएको छ।

वर्षाका कारण देशभरका ८ राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्यांदी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड पनि अवरुद्ध छन्।

कम्बोडियाले युद्धविराम भंग गरेको थाई सेनाको आरोप

सोमबार मलेसियामा भएको शान्ति वार्तापछि कम्बोडिया र थाइल्यान्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका थिए।

अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

गुल्मीको रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सिन्धुलीबाट सम्पर्कविहीन हायू परिवार पोखरामा भेटियो

प्रहरीका अनुसार हायू परिवारका सबै सदस्यहरू शनिबार बेलुका ईभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएका थिए।

कृषिविज्ञ भन्छन्– मधेशमा कृषिबाली नै परिवर्तन गर्ने अवस्था आयो

मधेशमा खडेरीका कारण खाद्य संकटको जोखिम बढेपछि विज्ञहरूले जलवायु परिवर्तनका असरलाई ध्यान दिँदै धानबालीको सट्टा सुक्खा अनुकूल बाली लगाउन सुझाव दिएका छन्।

सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर बालिकाको मृत्यु

ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रालाई घर पुर्‍याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ।