AnonymousUser

Logout

बाढीको जोखिम: जलविद्युत् आयोजनालाई सतर्क रहन इप्पानको आग्रह

मौसम विज्ञान विभागले शनिबार साँझदेखि आइतबार बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ। पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कनकाईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ।

तिब्बतमा ‘मेगा ड्याम’ निर्माण शुरू, भारत र बांग्लादेशमा चिन्ता

मध्य चीनको थ्री गर्जेज बाँधभन्दा ठूलो अनुमान गरिएको यो बाँधमा पाँच जलविद्युत केन्द्र निर्माण हुनेछन्। यसको कुल लागत करिब १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ।

मोरङमा जंगली हात्तीको आक्रमणबाट १ वर्षमा ५ जनाको मृत्यु

आर्थिक वर्ष २०८१/८२ मा मोरङमा जंगली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ।

भुटानमाथि नेपालको सानदार जित

बांग्लादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

‘पाथीभरामा राज्यको दोहोरो चरित्र छ’

‘हामीले उठाएको मुद्दा विकासविरोधी हुँदै होइन, निजी क्षेत्रविरोधी होइन त नै। बरु त्यो पवित्र थलोमा केबलकार किन चाहियो भन्ने हाम्रो कुरा हो।’

गाजामा खाद्य संकट गहिरिँदै, राष्ट्रसंघको गम्भीर चिन्ता

संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ।

तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

तनहुँमा सञ्चालित चैतेधान प्रवर्द्धन आयोजनाले एक वर्षमा पाँच हजार रोपनी क्षेत्रफलबाट एक हजार १७७ मेट्रिक टन चैतेधान उत्पादन गरेको छ।

सिरिया–इजरायलबीच युद्धविराम भएको अमेरिकाको घोषणा

सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीचको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ।

कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहटमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मेची भन्सारबाट करिब १६ अर्ब राजस्व संकलन

मेची भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ६९ करोड ५९ लाख ६ हजार रुपैयाँ बढी राजस्व संकलन भएको जनाएको छ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षणका लागि भारत जाने

आईसीसी टी२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ।

साप्ताहिक ब्रिफिङ: मनसुनमा काकाकुल वीरगन्ज, ५० जनामा मात्रै देखिएको दुर्लभ रोगको उद्गमबिन्दु नेपाल

यो साता उकालोमा इजरायलमा सधैँ युद्धको जोखिम, फर्कन चाहँदैनन् नेपाली, विकल–सुनील जुगलबन्दी, कब्जामा टीकापुर क्याम्पसको ३०० बिघा सरकारी जग्गा: २० वर्षमा पनि किन सरेनन् मुक्तकमैया?सहितका खबर चर्चामा रहे।

बजेट कार्यान्वयन मार्गदर्शन जारी, आयोजना सम्पन्न नहुन्जेल प्रमुखको सरुवा नहुने

चालु आर्थिक वर्षको बजेटमा परेका योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि साउन मसान्तभित्र कार्यविधि तयार पारिसक्न भनिएको छ।

अमेरिकी कंग्रेसद्वारा ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन

यस कटौतीले खासगरी रोग, युद्ध र प्राकृतिक प्रकोपले प्रभावित देशका लागि तय भएका कार्यक्रम प्रभावित भएका छन्।

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, ३ घाइते

बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

एमालेमा ७० वर्ष उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन

बैठकले पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ।

धितोपत्र बजारमा रेकर्ड: २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार

आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, बागमती, गण्डकी र कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ

श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ थियो।